भारतीय संसदमा कसले उडायो रंगीन धुँवा ? « Khabarhub

भारतीय संसदमा कसले उडायो रंगीन धुँवा ?


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको तल्लो सदन लोकसभामा बुधबार अनौठो घटना भयो । सन् २००१ डिसेम्बर १३ मा भारतीय संसदमा हमला भएको २२ वर्ष पुगेकै दिन बुधबार लोकसभाभित्र र बाहिर धुवाँ उडाउँदै केही व्यक्तिले हङ्गामा मच्चाएका हुन् ।

शून्य समय चलिरहेका बेला दर्शकदीर्घाबाट दुई व्यक्ति सभामुखको कुर्सीतिर दौडिएपछि केहीबेर हङ्गामा भयो ।

भारतीय सञ्चार माध्यमका अनुसार संसदको भिजिटर ग्यालरीबाट त्यसरी दौडने दुई व्यक्ति मनोरञ्जन र सागर शर्मा थिए । यीमध्ये एक इञ्जिनियरिङका विद्यार्थी हुन् ।

सुरक्षाकर्मीले उनीहरूको मोबाइल जफत गर्नुका साथै सीसीटीभी फुटेजसमेत जाँच गरेको थियो । यो घटनाको अनुसन्धानका लागि प्रहरीले जाँचबुझ समितिसमेत गठन गरिएको जनाएको छ ।

बुधबार नै संसद बाहिर पनि एक महिला र पुरुषले संविधान बचाऔँ तानाशाही खत्तम गरौँ भन्ने नारा लगाउँदै धुँवाको मुस्लो उडाएका थिए । नीलम र अमोल नाम गरेका यी दुई व्यक्तिलाई पनि दिल्ली प्रहरीले पक्राउ गरेको छ ।

शून्य समय सकिनै लाग्दा दर्शकदीर्घाबाट एक व्यक्ति होहल्ला गर्दै सभामुखको च्याम्बरतर्फ दौडिए । लगत्तै अर्को व्यक्ति पनि त्यसैगरी दौडिएर आए । पहिलो व्यक्तिले जुत्ता खोल्न थाल्यो । जुत्ताभित्र केही चिज थियो ।

जुत्ता खोल्दै गरेका व्यक्तिलाई कांग्रेस सांसद गुरजित सिंह औजला र बसपाका सांसद मलूक नागरले दह्रोसँग अँठ्याए । उसले जुत्ताबाट निकालेको वस्तुबाट धुँवा आउँदै थियो, सांसदले त्यसलाई समातेर बाहिर हुत्याइदिए ।

उनीहरूले त्यो चिज बम भएको हुन सक्ने भन्दै अन्य सांसदको सुरक्षाका लागि जोखिम मोलेको बताएका छन् । घटना हुँदै गर्दा केही सांसदबीच भने भागदौड मच्चिइसकेको थियो ।

संसदमा यस्तो उट्पट्याङ घटना कसले किन गराएको भन्ने अझै खुलिसकेको छैन । तर, यो घटनाले भारतीय संसदको सुरक्षा व्यवस्थामाथि भने प्रश्न उठेको भन्दै सांसदहरुले सरकार र संसदीय नेतृत्वको आलोचना गरेका छन् ।

सन् २००१ डिसेम्बर १३ मा भारतीय संसदमा चरमपन्थीले गरेको आक्रमणमा ६ परी सुरक्षाकर्मी, २ जना संसदका कर्मचारी र एकजना मालीको मृत्यु भएको थियो । सो घटना समातिएका चारजना चरमपन्थीमध्ये मुख्य योजनाकार मोहम्मद अजफललाई सन् २०१३ मा तिहाड जेलमा फाँसी दिइएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ७ : ४१ बजे

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,

बाढीबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत गरिँदै

म्याग्दी– गत असोजको झरीपछिको बाढी पहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम

शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

काठमाडौं– मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ– बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको