भारतीय संसदमा कसले उडायो रंगीन धुँवा ? « Khabarhub

भारतीय संसदमा कसले उडायो रंगीन धुँवा ?


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको तल्लो सदन लोकसभामा बुधबार अनौठो घटना भयो । सन् २००१ डिसेम्बर १३ मा भारतीय संसदमा हमला भएको २२ वर्ष पुगेकै दिन बुधबार लोकसभाभित्र र बाहिर धुवाँ उडाउँदै केही व्यक्तिले हङ्गामा मच्चाएका हुन् ।

शून्य समय चलिरहेका बेला दर्शकदीर्घाबाट दुई व्यक्ति सभामुखको कुर्सीतिर दौडिएपछि केहीबेर हङ्गामा भयो ।

भारतीय सञ्चार माध्यमका अनुसार संसदको भिजिटर ग्यालरीबाट त्यसरी दौडने दुई व्यक्ति मनोरञ्जन र सागर शर्मा थिए । यीमध्ये एक इञ्जिनियरिङका विद्यार्थी हुन् ।

सुरक्षाकर्मीले उनीहरूको मोबाइल जफत गर्नुका साथै सीसीटीभी फुटेजसमेत जाँच गरेको थियो । यो घटनाको अनुसन्धानका लागि प्रहरीले जाँचबुझ समितिसमेत गठन गरिएको जनाएको छ ।

बुधबार नै संसद बाहिर पनि एक महिला र पुरुषले संविधान बचाऔँ तानाशाही खत्तम गरौँ भन्ने नारा लगाउँदै धुँवाको मुस्लो उडाएका थिए । नीलम र अमोल नाम गरेका यी दुई व्यक्तिलाई पनि दिल्ली प्रहरीले पक्राउ गरेको छ ।

शून्य समय सकिनै लाग्दा दर्शकदीर्घाबाट एक व्यक्ति होहल्ला गर्दै सभामुखको च्याम्बरतर्फ दौडिए । लगत्तै अर्को व्यक्ति पनि त्यसैगरी दौडिएर आए । पहिलो व्यक्तिले जुत्ता खोल्न थाल्यो । जुत्ताभित्र केही चिज थियो ।

जुत्ता खोल्दै गरेका व्यक्तिलाई कांग्रेस सांसद गुरजित सिंह औजलाबसपाका सांसद मलूक नागरले दह्रोसँग अँठ्याए । उसले जुत्ताबाट निकालेको वस्तुबाट धुँवा आउँदै थियो, सांसदले त्यसलाई समातेर बाहिर हुत्याइदिए ।

उनीहरूले त्यो चिज बम भएको हुन सक्ने भन्दै अन्य सांसदको सुरक्षाका लागि जोखिम मोलेको बताएका छन् । घटना हुँदै गर्दा केही सांसदबीच भने भागदौड मच्चिइसकेको थियो ।

संसदमा यस्तो उट्पट्याङ घटना कसले किन गराएको भन्ने अझै खुलिसकेको छैन । तर, यो घटनाले भारतीय संसदको सुरक्षा व्यवस्थामाथि भने प्रश्न उठेको भन्दै सांसदहरुले सरकार र संसदीय नेतृत्वको आलोचना गरेका छन् ।

सन् २००१ डिसेम्बर १३ मा भारतीय संसदमा चरमपन्थीले गरेको आक्रमणमा ६ परी सुरक्षाकर्मी, २ जना संसदका कर्मचारी र एकजना मालीको मृत्यु भएको थियो । सो घटना समातिएका चारजना चरमपन्थीमध्ये मुख्य योजनाकार मोहम्मद अजफललाई सन् २०१३ मा तिहाड जेलमा फाँसी दिइएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ७ : ४१ बजे

एन्डी बर्नहम बने बेलायतका ५९औँ प्रधानमन्त्री

लन्डन : एन्डी बर्नहम सोमबार बेलायतका ५९औँ प्रधानमन्त्री बनेका छन्।

वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु

भद्रपुर– झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी

अर्थसंक्षेप : प्रधानमन्त्री नै छाया अर्थमन्त्री, सेयर बजारमा हरियाली र पुँजी बजारका समस्या समाधान गरिने

पुँजी बजारका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री बालेन्द्र शाहले

भीपी अग्रवाल फाउन्डेशनद्वारा सामुदायिक विद्यालयका ५ शिक्षक पुरस्कृत

काठमाडौं– शिक्षासेवी, अध्यता, समाजसेवी तथा संविधानसभा सदस्य स्वर्गीय प्रा.डा.भी.पी. अग्रवालको

महिलालाई थारु परिकार बनाउने सीप

दाङ– थारु जातिले खाने परिकारलाई जोगाउन यहाँका स्थानीय ४० जना