रसेलसँगै फर्किएको वेस्टइन्डिजको आशा | Khabarhub Khabarhub

रसेलसँगै फर्किएको वेस्टइन्डिजको आशा


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

हार्ड हिटर ब्याट्सम्यान तथा हार्ड लाइनर बलर आन्द्रे रसेलका समर्थक संसार भर नै छन्। दुई वर्ष हराएका रसेल अहिले टोलीमा बोलाइएका छन्। पछिल्लो समय क्यारेबीयन टोलीमा फर्ममा हुनुका बाबजुद ३४ वर्षीय डारेन ब्राभोलाई टोलीबाट हटाएको छ। चार वर्ष अन्तर्राष्ट्रिय खेलको अनुभव नभएका शेन डरविचलाई भने बोलाइएको छ।

रसेलले यो जिम्मेवारी महत्त्वपूर्ण समयमा पाएका हुन्। जेसन होल्डर, निकोलास पुरण र कायल मायर्स टोलीमा नरहने निश्चित भई सकेको छ। वेस्टइन्डिज क्रिकेटको अनुबन्ध सम्झौतालाई अस्वीकार गर्दै उनीहरूले टोलीमा विद्रोह गरेका हुन्। रसेल टोलीका सदस्य मात्र रहेका छैनन्। फिर्ता भए पछि इङ्गल्यान्डसँगको पहिलो खेलमा नै नायक साबित भए। उनले १९ रन खर्चिँदै तीन विकेट लिए भने १४ बलमा २९ रन प्रहार गरे।

दुई वर्ष हराएका रसेल अहिले टोलीमा बोलाइएका छन्। पछिल्लो समय क्यारेबीयन टोलीमा फर्ममा हुनुका बाबजुद ३४ वर्षीय डारेन ब्राभोलाई टोलीबाट हटाएको छ।

उनले सफल कम ब्याकबाट आफू खुसी भएको बताएका छन्। कतिपयले उनलाई लिग र व्यावसायिक खेलमा बढी केन्द्रित भएको आरोप लगाए पनि उनी आफू वेस्टइन्डिजका लागि मात्र खेल्न तयार भएको बताएका छन्। रसेलको फिर्ता वेस्टइन्डिजका लागि पिच र अफ पिच दुवै क्षेत्रमा उत्तिकै प्रभावकारी ठहरिएको छ।

ग्लोबल स्टारको कम ब्याकका कारण प्रयोजकहरूको आकर्षण हुने सम्भावना छ। टोली रोइरहेको समयमा उनी मध्य तथा डेथ ओभरमा टोलीको उद्धार गर्न सक्ने खेलाडी हुन्।

उनको स्पेल अचम्मको थियो। पहिलो ओभरमा १० रन खर्चेका उनले त्यस पछिका तीन ओभरमा नौ रन मात्र खर्चिएनन् फिल साल्ट, लियाम लिभिङ स्टोन र रेसन अहमदको विकेट पनि लिए। उनले पहिलो ओभरको अन्तिम बल स्लोवर बल फ्याकेका थिए। उनले त्यो बल ग्रिपमा भएको महसुस गरेका थिए। त्यसपछि उनले हरेक बलरलाई कटर बल फ्याँक्न मात्र लगाए।

रसेलको त्यस स्लोवर बल अगाडि इङ्गल्यान्डले ७७ बलमा कुनै विकेट गुमाएको थिएन। त्यस पछिका १० विकेट नै ९४ रन जोडेर गुमाएको थियो। विशाल योगफल तर्फ लम्किरहेको इङ्गल्यान्ड १ सय ७० रनमा सीमित भएको थियो।

रसेल तीनै प्रशिक्षक डारियन सामीको बोलावटमा टोलीमा फर्किएका हुन् जोसँग मिलेर रसेलले सन् २०१२ र २०१६ को विश्वकप जितेका थिए। तीन महिना अघि क्यारेबीयन लिगमा पनि रसेलले ११ विकेट लिएका थिए।

कतिपयले उनलाई लिग र व्यावसायिक खेलमा बढी केन्द्रित भएको आरोप लगाए पनि उनी आफू वेस्टइन्डिजका लागि मात्र खेल्न तयार भएको बताएका छन्। रसेलको फिर्ता वेस्टइन्डिजका लागि पिच र अफ पिच दुवै क्षेत्रमा उत्तिकै प्रभावकारी ठहरिएको छ।

क्यारेबीयन लिगको प्रदर्शनका कारण सामीले टोलीमा फिर्ता बोलाउने कुरामा रसेल ढुक्क थिए। सामीबाट ग्रिन सिग्नल पाउने बित्तिकै उनी उत्साहित भएका थिए। रसेल र सामीको जोडीका कारण वेस्ट इन्डिज क्रिकेटमा अहिले एउटा आकर्षण थपिएको छ। सन् २०१६ बाट यी दुवै एकदमै टाढा रहेका थिए। अहिले प्रायोजक र खेलाडी बिचको विवादका कारण पूरण लगायतको खेलाडीको बहिस्कार एउटा समस्या त पक्कै हो। परन्तु यी दुई जनाको कारण वेस्टइन्डिज फेरी उकासिन सक्छ। रसेलले पछिल्लो घटनाको बारे आफूलाई कुनै जानकारी नै नभएको बताएका छन्।

प्रौढ उमेरका बाबजुद रसेल आफूमा यथेष्ट सम्भावना भएको कुरा स्वीकार गर्छन्। उनको चाहना घरेलु भूमिमा हुने विश्वकपमा उपाधि जितेर सन्यास लिनु नै हो। तथापि उनी टोलीले चाहेमा अझ लामो समय खेल्न इच्छुक भने छन्। उनको चाहना प्रस्ट छ। धेरै जना युवा खेलाडीको उदय भइरहेकाले तीनलाई स्थान दिन रसेल इच्छुक छन्। यसको मतलब यो होइन कि आवश्यक समयमा पनि उपलब्ध नहुन्। वेस्ट इन्डिज क्रिकेटमा नाटक नै नाटक भएको छ। यो नाटक कुनै शृङ्खला होइन। यसै अनिश्चितताका शृङ्खलाका बाबजुद रसेल सुखद भविष्यको सम्भावना देखेर अघि बढी रहेका छन्।

रसेलले इङ्गल्यान्डसँगको शृङ्खलाको ठिक अघि संयुक्त अरब इमिरेट्समा भएको अबुधाबी टी १० लिगमा पनि आफ्नो क्षमता देखाएका थिए। टिममा रसेलको उपस्थितिसँगै २१ वर्षे अलराउण्डर म्याथ्यु फोर्डले पनि अवसर पाएका छन्। इङ्गल्यान्डसँग एन्टीगुवामा भएको दोस्रो एक दिवसीय खेलमा प्रभाव पारेका बायाँ हाते सिमर गुणकेश मोइटे चोटका कारण भारतसँगको शृङ्खला गुमाउनुको बाबजुद टोलीमा बोलाइएका छन्। वेस्ट इन्डिज क्रिकेट संसारको सबै भन्दा नपत्याउँदो टोली पनि हुनसक्छ । कुन समयमा कस्तो खेल खेल्न हो यसको कुनै टुङ्गो नै छैन।

प्रौढ उमेरका बाबजुद रसेल आफूमा यथेष्ट सम्भावना भएको कुरा स्वीकार गर्छन्। उनको चाहना घरेलु भूमिमा हुने विश्वकपमा उपाधि जितेर सन्यास लिनु नै हो।

एक दिवसीय विश्वकपको सुरुवाती समयमा वेस्ट इन्डिजको दबदबा थियो। त्यो दबदबा ९० को दशकमा सकिएको थियो। कत्तिसम्म भने गत एक दिवसीय विश्वकपमा वेस्ट इन्डिज छनोट हुनसमेत असफल भएको थियो।

गएका ८ संस्करणमा इङ्गल्यान्ड र वेस्ट इन्डिज दुवैले सर्वाधिक दुई पटक टी–२० विश्वकपको उपाधि जितेका छन्। इङ्गल्यान्डले पहिलो पटक सन् २०१० मा क्यारेबीयन भूमिमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै उपाधि जितेको हो।

सन् २०२२ मा अस्ट्रेलियामा भएको प्रतियोगितामा पाकिस्तानलाई पाँच विकेटले हराउँदै इङ्गल्यान्डले उपाधि जितेको हो। सन् २०१९ को एक दिवसीय क्रिकेटको उपाधि विजेता इङ्गल्यान्ड त्यसपछि नै एकै पटक एक दिवसीय र टी–२० को उपाधि जित्न सफल टोलीको रूपमा आफ्नो परिचय बनाउन सफल भएको हो।

वेस्ट इन्डिज भने टी-२० विश्वकप दुई पटक जित्ने पहिलो टोली हो। सन् २०१२ मा वेस्ट इन्डिजले भारतमा भएको खेलमा फाइनलमा श्रीलङ्कालाई ३६ रनले हराउँदै उपाधि जितेको हो।

सन् २०१६ मा इङ्गल्यान्डलाई चार विकेटले हराउँदै वेस्ट इन्डिजले उपाधि जितेको हो। सन् २००७ मा उप विजेता भएको पाकिस्तानले सन् २००९ मा उपाधि जितेको थियो। पाकिस्तानले फाइनलमा श्रीलङ्कालाई ८ विकेटले हराएको थियो। दुई पटक उपविजेता भएको श्रीलङ्काले सन् २०१४ मा फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो। पहिलो टी-२० विश्वकपको उपाधि भारतले सन् २००७ मा जितेको थियो। सन् २०२१ मा न्युजील्यान्डलाई पाँच विकेटले हराउँदै अस्ट्रेलियाले उपाधि जितेको हो।

संसारमा नाम चलेका धनी लिगमा खेली रहेका रसेल प्रति संसारको आकर्षण घटेको छैन। कुनै समय फास्ट बलरका कारण परिचित वेस्ट इन्डिज अहिले हार्ड हिटरको टोलीमा रूपमा रहेका छन्।

सन् २०१२ मा टी-२० विश्वकपमा डेब्यु गरेको भारतका विराट कोहलीले सबै भन्दा धेरै एक हजार एक सय ४१ रन प्रहार गरेका छन्। उनी बाहेक श्रीलङ्काका महेला जयबर्धनेले मात्र एक हजार रन पुरा गरेका छन्। सन् २००७ मा १२ टोलीबाट सुरु भएको यो क्रम सन् २०१४ मा १६ टोलीमा पुगेको थियो भने अहिले २० टोलीमा पुगेको छ।

संसारमा नाम चलेका धनी लिगमा खेली रहेका रसेल प्रति संसारको आकर्षण घटेको छैन। कुनै समय फास्ट बलरका कारण परिचित वेस्ट इन्डिज अहिले हार्ड हिटरको टोलीमा रूपमा रहेका छन्। इन्डियन प्रिमियर लिगमा त क्यारेबीयन खेलाडी माथिको आकर्षण प्रत्येक दिन बढ्दो छ। तथापि अनुभवी हुनुका साथै ब्याट र बल दुवैमा जम्ने यी स्टारमा अब वेस्ट इन्डिजको भविष्य र आसन्न टी २० विश्वकप पक्कै भर पर्ने छ। स्रोतः क्रिक इन्फो, ओलम्पिक

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ८ : ०१ बजे

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल