नक्कली शरणार्थी प्रकरणमा खाँणको मुद्दाको सुनुवाइ न्यायाधीश कोइरालाको इजलासमा « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा खाँणको मुद्दाको सुनुवाइ न्यायाधीश कोइरालाको इजलासमा


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको मुद्दाको सुनुवाइ उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ ।

न्यायाधीश कोइरालाको इजलासको राय अनुसार खाँण थुनामा रहने वा धरौटीमा छुट्ने भन्ने टुंगो लाग्नेछ ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएकाले उनको निवेदनको सुनुवाइ तेस्रो न्यायाधीशको इजलासमा हुन लागेको हो ।

१५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो ।

उच्च अदालत नियमावली तथा ऐनबमोजिम अब तेस्रो न्यायाधीशको एकल इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठीक भन्ने आदेश गरेपछि खाँणको हकमा टुंगो लाग्नेछ । पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए ।

 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ११ : ०८ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर