पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत « Khabarhub

पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।

रामपुर नगरपालिका–१० टोक्से पलेङ क्षेत्रमा सडक मर्मत गर्ने क्रममा डोजर पुरिएर ज्यान गुमाएका चालक २४ वर्षीय धनवीर खड्काको परिवारलाई नगरपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए ।

दाङको शान्तिनगर गाउँपालिका–१ नयाँबस्ती घर भएका खड्काकी श्रीमती पवित्रालाई  नगरपालिकाले सो रकम प्रदान गरेको हो ।

गत असोज २२ गते बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर चालक खड्काको ज्यान गएको थियो । रामपुर नगरपालिकाले नगरभित्र भैपरी आउने घटना, आगलागी, बाढीपहिरो पीडित, असहाय तथा विपन्न परिवारलाई राहत रकम उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ११ : ३८ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको