अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री  « Khabarhub

अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छ : अर्थमन्त्री 


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पाटन– अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी बताएका छन्  । 

नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित औद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताएका हुन् । 

‘अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको छ, पर्यटकको वृद्धि हुँदै गएको छ, ब्याजदर घट्दै छ, रेमिट्यान्स पनि बढ्दैछ, हामीले छलफल गरेर मौद्रिक नीतिमा पनि केही लचिलो बनाउन प्रयत्न गरेका छौं, विस्तारै उद्योग व्यवसाय पनि सबल बन्दै जानेछ, श्रमिकको माग पनि वृद्धि हुँदै जाने छ, श्रमिकहरु विस्थापित हुने अवस्था अन्त्य हुनेछ’, अर्थमन्त्री महतले भने, ‘नेपालको अर्थतन्त्र समस्यामा थियो, अहिले हामी हटाउन लागेका छौं ।’

उनले बेरोजगारहरूलाई पनि रोजगारको अवसर  सिर्जना गर्न ट्रेड युनियनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । उनले श्रमिक र उद्योग व्यवसायीबीच निरन्तर वार्ता तथा संवादमार्फत एकअर्कालाई बुझ्नुपर्ने र सम्बन्धलाई सुमधुर बनाउनु पर्ने धारणा राखे । उनले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाखमा लगानी सम्मेलन गरिने बताए ।

डा महतले बाहिरबाट आयात हुने सामानको तुलनामा नेपालमा उत्पादन हुने औद्यौगिक सामानको लागत कम गर्न नसकिएको उल्लेख गर्दै सक्रिय श्रमिकहरुको क्षमतालाई प्रोत्साहन गर्न पनि नसकिएको धारणा राखे । उनले उत्पादकत्व कम हुँदा समयसापेक्ष श्रमिकको पारिश्रमिक बढ्न नसकेको धारणा व्यक्त गरेका छन् । 

‘उत्पादकत्व बढाउने हाम्रो चुनौती छ, यसका लागि पूर्वाधारको विकास आवश्यक छ’, उनले भने। उनले सरकारको प्राथमिकता पूर्वाधार विकासमा रहेको बताए। उनले यातायातको लागत कम गर्न र कामदारहरूको ज्ञान तथा क्षमताको सही उपयोग हुन आवश्यक रहेकामा जोड दिँदै लागत कम गर्ने कुरामा उद्योगी व्यवसायीले नयाँ प्रविधि उपयोग गर्नुपर्ने र श्रमिकका सङ्गठनहरुले पनि श्रमिकको क्षमता अभिवृद्धिमा लाग्नुपर्नेमा ध्यानाकर्षण गराए । 

श्रमिकका अधिकारका कुरामा हस्ताक्षर गर्नेमा नेपाल अगाडि नै रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले कतिपय कुरा पूरा गर्न स्रोतको सुनिश्चितता हुन नसक्दा समस्या भएको बताएका छन् । 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  १२ : ५० बजे

सुक्खाबन्दरगाहमा छ महिनामा ५७२ रेल्वे र्‍याकमार्फत सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ महिनामा

लोकतान्त्रिक सुधारमा बंगलादेशको मतदान

एजेन्सी– बंगलादेशले सन् २०२४ को जनविद्रोहपछि पहिलो संसदीय निर्वाचनसँगै व्यापक

साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स

एजेन्सी– जापान एयरलाइन्सले आफ्ना बस्तु वितरण सेवाको आरक्षण प्रणालीमा अनधिकृत

११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतीक्षापछि

‘एआई’मार्फत किसानलाई डिजिटल कृषि सल्लाह, ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य

काठमाडौं– ‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि