सिद्धबाबाविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता | Khabarhub Khabarhub

सिद्धबाबाविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सुनसरीको बराहक्षेत्र निवासी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार सम्बन्धी मुद्दा घुमिफिरी फेरि विराटनगर उच्च अदालतमा आइपुगेको छ ।

सुनसरी जिल्ला अदालतले गत भदौमा गिरीलाई सफाइ दिने निर्णय गरेको थियो । त्यसको प्रतिवाद गर्दै सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा गिरीविरुद्ध पुनरावेदन गरेको छ ।

सोलुखुम्बुको जुबु निवासी गिरीले २०७६ कात्तिक ४ गते राति एकजना भक्तमाथि जबरजस्ती करणी गरेको आरोप लागेको थियो । रामकृष्णाचार्य, वैष्णवकृष्ण दास नामले चिनिने सिद्धबाबा उदासी सम्प्रदायका धर्मगुरु भएता पनि अहिले बराहक्षेत्रबाट पलायन भएर काठमाडौँस्थित नानक सम्प्रदायको आश्रममा शरण लिएर बस्दै आएका छन् ।

गिरीलाई सुनसरी जिल्ला अदालतले गत भदौ २७ गते सफाइ दिएको थियो । जबरजस्ती करणीको आरोप लगाउने व्यक्तिले नै प्रमाणको भार पुर्‍याउनुपर्ने भन्दै जिल्ला अदालतले गिरीमाथिको आरोप प्रमाणित हुन नसकेको भन्दै उनलाई सफाइ दिएको हो ।

हेर्नुहोस जिल्ला अदालतको पछिल्लो फैसला-

हेर्नुहोस जिल्ला अदालतको शुरुको फैसला-

सिद्धबाबाविरुद्धको मुद्दाको रोचक पहेली छ । सुरुमा सुनसरी जिल्ला अदालतले पनि उनलाई सफाइ दिएको थियो । तर, अदालतले सिद्धबाबाको ब्रह्मचर्य भने तोडिदिएको थियो । जिल्ला अदालतले सफाइ दिए पनि सिद्धबाबाले भक्तजनमाथि करणी गरेको चाहिँ प्रमाणित गरेको थियो ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासमा गरिएको पहिलो फैसलामा भनिएको थियो, ‘करणी निजहरुका बीच सहमतिमा भएको भन्ने देखियो । अतः यस्तो सहमतिमा भएको करणीलाई जकर्जस्ती करणी मान्न नसकिने हुँदा…..गिरीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ ।’

सहमतिमा करणी भएको भन्ने सुनसरी जिल्ला अदालतको सुरुको फैसला बादी प्रतिवादी दुवैलाई चित्त बुझेन । आफूमाथि जबरजस्ती करणी नै भएको दाबी गर्दै पीडितका तर्फबाट उच्च अदालत विराटनगरमा ०७७ फागुनमा पुनरावेदन दर्ता भयो । तर, आफूलाई सहमतिमा यौन सम्बन्ध राखेको भनी जिल्ला अदालत सुनसरीले गरेको फैसला खारेज गर्न र ब्रह्मचारी घोषणा गर्न माग गर्दै सिद्धबाबाले पनि  उच्च अदालतमा निवेदन दिए ।

०७७ सालमा पुनरावेदन दर्ता भएपछि उच्च अदालत विराटनगरले सिद्धबाबालाई थुनामा पठायो । तर, उनी उच्चको निर्णय खारेजीको गर्न माग गर्दै सर्वोच्चमा गए । तर, सर्वोच्च अदालतले उच्चको थुना आदेश बेरितको नदेखिएको हुँदा परिवर्तन गरिरहनुपरेन भन्ने आदेश दियो ।

तर, उच्च अदालत विराटनगरले ०७९ जेठ ३ गते फैसला सुनाउँदाखेरि यो मुद्दा जिल्ला अदालत सुनसरीतिरै फर्काइदियो । मूलतः उच्चले गरेका निर्णयहरू चित्त नबुझेर वादी–प्रतिवादीहरु सर्वोच्चतिर आउने गर्छन् । तर, उच्च अदालतका न्यायाधीशद्वय किरणकुमारी गुप्ता र सत्यमोहन जोशी थारुले सिद्धबाबाको मुद्दा ‘सुनसरी जिल्ला अदालतमा फिर्ता पठाइदिने ठहर्छ’ भन्ने निर्णय सुनाएपछि यो मुद्दा फेरि दाेहाेर्‍याएर सुनसरी जिल्ला अदालतमा पुग्यो ।

उच्चबाट फिर्ता आएको मुद्दामा जिल्ला अदालतले सिद्धबाबालाई दोस्रोपटक सफाइ दियो । पहिलो सफाइमा सहमतिबाट करणी गरिएको पाइयो भनिएको थियो । दोस्रोपटक भने सोही अदालतले सहमतिको करणीबारे केही पनि उल्लेख नगरीकन सफाइ दियो ।

हेर्नुहोस् दोस्रो फैसला-

उच्च अदालतले जिल्लामा पठाएको यो मुद्दा घुमिफिरी रुम्जाटार भनेजस्तो फेरि उच्च अदालत विराटनगरमै आइपुगेको छ । यसअघि जिल्लामा पठाएको यो मुद्दामा अब उच्च अदालतले के फैसला सुनाउँछ केही समय पर्खनै पर्ने हुन्छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  १ : ३२ बजे

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।