काठमाडौँ– प्युठानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्युठानको ऐरावती गाउँपालिका-२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको मृत्यु भएको हो ।
प्यूठान प्रहरीका अनुसार बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया