‘म्याचुरेटी’ गर्दै औषधि व्यवस्था विभाग « Khabarhub

‘म्याचुरेटी’ गर्दै औषधि व्यवस्था विभाग


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– औषधि व्यवस्था विभागले कामको विश्वसनीयताको लागि ‘म्याचुरेटी’ (परिपक्कता)को तीन तहमा पुग्ने तयारी थालेको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मानंकअनुसार विभाग परिपक्वताको तीन तहमा पुग्ने तयारी गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार अहिले विभागको परिपक्वताको दुई तह मात्र छ ।

 ‘डब्लुएचओ ग्लोबल बेन्च मार्किङ्ग’मा उल्लेख गरिएका कानुन, जनशक्ति, कार्यालय, प्रयोगशाला, अनुगमन लगायतका मानांकलाई हेरेर तह निर्धारण गर्ने गरिन्छ । विभागले स्तरोन्नतीका लागि विभागले कानुन संशोधन, प्रदेशस्तरमा कार्यालय, दक्षजनशक्ति थप र प्रयोगशालाको क्षमता बढाउने कार्य गरिरहेको छ । ‘हाम्रो क्षमता अनुसार अहिले हामी परिपक्वताको दुई तहमा रहेका छौँ’ उनले भने, ‘परिवक्कताको तीन तहमा जाने हाम्रो योजना हो । त्यही अनुसार अहिले हामीले काम गरिरहेका छौँ ।’

तीन तहको परिपक्वता पुगेपछि विभागले गरेका निर्णय परिपक्क हुने, अन्यले  मान्ने खाले हुने, निष्पक्ष, पारदर्शिता र औषधि गुणस्तरीय हुने उहाँको भनाइ रहेको छ ।  परिपक्वताको चार तहमा पुगेपछि डब्लुएचओले सूचिकृत गर्ने गरेको छ ।  औषधि पसल, आयुर्वेदिक पसलको अनुगमनका गर्नका लागि विभागसँग प्रयाप्त मात्रामा जनशक्ति रहेका छैनन् । 

विभाग अहिले प्रदेशस्तरमा पनि जान सकेको छैन । काठमाडौँ बाहिर विराटनगर, वीरगञ्ज र नेपालगञ्ज मात्र विभागको कार्यालय छ । विभागमा अहिले एक सय १५ जनशक्ति छन् । ‘हामीसँग एकदमै थोरै जनशक्ति रहेका छन्’ उनले भने, ‘यसले गर्दा हामीले उद्योग, औषधि पसलको प्रयाप्त मात्रामा अनुगमन गर्न सकेका छैनौँ ।’

विभागमा अहिले स्वदेशी एक सय ५० उद्योग दर्ता र पाँच सय  विदेशी कम्पनी दर्ता छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ४ : १४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार