नागरिक उन्मुक्तिले खोज्यो राष्ट्रियसभा निर्वाचनमा एक सीट | Khabarhub Khabarhub

नागरिक उन्मुक्तिले खोज्यो राष्ट्रियसभा निर्वाचनमा एक सीट


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट आफ्नो भाग खोजेको छ । उसले निर्वाचनमा एक सीटका लागि दाबी गरेको बताइएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष तथा भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीले आज प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको सीट बाँडफाँटबारे चासो राखेका थिए ।

राष्ट्रियसभाका १९ सीटका लागि माघ ११ गते निर्वाचन हुँदैछ । निर्वाचनमा गठबन्धनभित्रका नेपाली कांग्रेस, माओवादी, नेकपा एस र जसपाले मात्र भागबन्डा गर्ने तयारी गरिरहेको छन् ।

गठबन्धनका चार दलले मात्र राष्ट्रियसभा निर्वाचनमा भागबन्डा गर्न खोजेपछि नागरिक उन्मुक्ति पार्टीले आफूलाई एक सिटको माग गरेको छ ।

आफ्नो पार्टीका सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेशमा १ मत रहेको नागरिक उन्मुक्ति पार्टीले बताएको छ ।

उसको सुदूरपश्चिममा ७ प्रदेशसभा सदस्य र ७ जना स्थानीय तहका प्रमुख उपप्रमुख छन् । त्यस्तै लुम्बिनी प्रदेशसभामा ४ र मधेशमा एक जना सांसद छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ४ : २६ बजे

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको