मस्को नजिकै नौ युक्रेनी ड्रोन खसालेको रुसको भनाइ « Khabarhub

मस्को नजिकै नौ युक्रेनी ड्रोन खसालेको रुसको भनाइ


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बहुप्रतीक्षित पत्रकार सम्मेलनभन्दा केही घन्टाअघि राजधानीतर्फ आइरहेका नौ युक्रेनी ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणालीले खसाएको रुसले बताएको छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेपछि पुटिनले यस वर्षको अन्त्यमा आफ्नो पहिलो पत्रकार सम्मेलन आयोजना गर्नुअघि हमला भएको बताइएको छ । 

रक्षा मन्त्रालयले हमलाका लागि किएभलाई दोष दिँदै एक विज्ञप्तिमा भनेको छ, ‘अन–ड्युटी हवाई रक्षा एकाइहरूले कलुगा र मस्को क्षेत्रमा नौ युक्रेनी युएभी (मानवरहीत हवाई वाहन) लाई नष्ट गरेर रोकेको छ ।’

मस्कोका मेयर सर्गेई सोबयानिनले एउटा ड्रोनलाई रुसी राजधानीको दक्षिणपश्चिमी सहर नारो–फोमिन्स्क नजिकै खसालिएको बताए । ‘प्रारम्भिक आँकडाअनुसार जुन स्थानमा ड्रोन खसेको छ त्यहाँ कुनै क्षति वा हताहत भएको छैन’, उनले भने । घटनास्थलमा आपतकालीन सेवाहरूले काम गरिरहेको उनले जानकारी दिएका छन् । 

मस्कोसँग गुमाएका क्षेत्रहरू फिर्ता गर्ने नयाँ प्रयास सुरु गरेसँगै युक्रेनले गर्मीयामपछि निरन्तररूपमा ड्रोनमार्फत रुसमा हमला गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ५ : ४९ बजे

भारतीय राज्यमन्त्री जितिन प्रसादले गरे प्रधानमन्त्री शाहको स्वागत

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई इन्दिरा गान्धी

बालेन दिल्लीमा : निसर्त महेन्द्रनगर हवाई मार्ग र धनगढी विमानस्थल स्तरोन्नतिको मुद्दा उठाउन माग

काठमाडाैँ – प्रधानमन्त्री वालेन्द्र शाहको आइतबारदेखि सुरु भएको भारतको राजकीय

प्रधानमन्त्री शाह सवार विमान इन्दिरा गान्धी विमानस्थलमा अवतरण

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्लीस्थित

विश्वमै सबैभन्दा धेरै हेरिएको उडान बन्यो बालेन चढेको जहाज : ९ हजार बढीले हेरे प्रत्यक्ष

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको राजकीय भ्रमणका लागि

एसिया कप राइजिङ स्टार्स यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौँ– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा