बैतेश्वरमा चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु « Khabarhub

बैतेश्वरमा चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

दोलखा– बैतेश्वर गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबार देखि सुरु भएको छ। बैतेश्वर गाउँपालिकाको आयोजना तथा हनुमन्तेश्वर माविको व्यवस्थापनमा यस चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिता वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षयता तथा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानिको प्रमुख आतिथ्ययतामा उद्घाटन गरिएको हो।

यस वर्ष चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत खेल खेल्न गाउँपालिका भित्रका ८ वटा सामुदायिक विद्यालय र एक निजी स्कुलले सहभागिता जनाएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देश समितिका सदस्य सचीव भरत केसीले जानकारी दिए। उद्घाटन चरणमा बिहीबार भलिबल तर्फका लिग चरण अन्तर्गतका सबै खेल सम्पन्न भएको छ ।

छात्र तर्फको लिगचरणको पहिलो खेलमा सनराइज स्कुल,जलदेवी मावि,विष्णु मावि,जलदेवी मावि र जनज्योति मावीले हित हात परेका छन् भने,छात्रा तर्फको लिगचरणको भलिबल खेलमा सनराइज स्कुल,हनुमन्तेश्वर मावी, जनज्योति मावि र क्षत्रवति माविले जित हात पारेका छन् ।

त्यस्तै आजै भएको छात्र तर्फको सटपुट खेलमा हुमतेश्वर मावि पहिलो,जनज्योति मावि दोस्रो र विष्णु मावि तेस्रो भएको छ ।त्यस्तै छात्रा तर्फको सटपुट खेल पनि सम्पन्न भएको छ ।

छात्रा तर्फको सटपुट खेलमा सनराइ स्कुल पहिलो,जनज्योति मावि दोस्रो र हनुमन्तेश्वर मावि तेस्रो भएको छ। त्यसैगरी ज्याभेलिन थ्रो खेल जारी रहेको छ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ५ : ५३ बजे

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न

नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको लर्को

ताप्लेजुङ– नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ छ