जनताले अनुभव गर्नेगरी काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन « Khabarhub

जनताले अनुभव गर्नेगरी काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले महसुस गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रमसहित परिणाममुखी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्य एवं विशिष्ट श्रेणीका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको चौमासिक समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले जनताले अनुभूत गर्नेगरी काम गर्न निर्देशन दिएका थिए ।

आव २०७९-८० को प्रथम चौमासिकको तुलनामा चालु आवको  सोही अवधिमा देशको समग्र अर्थतन्त्र विकास निर्माणसँग सम्बन्धित सूचकहरू सकारात्मक देखिए पनि सन्तोष गर्ने ठाउँ नभएको उल्लेख गर्दै उनले एकअर्काका कमी–कमजोरी देखाउनुभन्दा पारस्परिक समन्वय र सहकार्यका आधारमा देश र जनताका पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले भने, ‘मेरो नेतृत्वमा गठन भएको सरकारको एकवर्षे कार्यकाल पूरा हुने चरणमा छ, यस अवधिमा अपेक्षा गरिएअनुसारका काम हुनसकेका छैनन्, अब चौमासिक नभई वार्षिक कार्यक्रम, कार्ययोजना र उपलब्धिलाई वस्तुनिष्ठ समीक्षा गर्दै यसबीचमा भएका कमजोरी र सबल पक्षलाई  चिरफार गरी जनताले अनुभूत गर्नेगरी काम गर्न सबैसँग अपिल गर्दछु ।’

गत साउनमा प्रतिबद्धता गरेअनुसारको परिणाम दिन केही मन्त्रालय असमर्थ भएकामा त्यसप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले निश्चित कार्यअवधिभित्र तोकिएको लक्ष्य पूरा नगर्नेलाई जिम्मेवारीबाट हटाउनुबाहेक आफूसँग अर्को विकल्प नरहेको चेतावनी दिए। उनले अर्को समीक्षा बैठकमा कार्ययोजनासहित प्रस्तुत हुन सबैलाई निर्देशन दिए। 

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मौजुदा सार्वजनिक खरिद ऐन, पर्याप्त बजेट र जनशक्तिसहित आवश्यक समन्वय र सहकार्यको अभावलगायत विविध समस्याका कारण नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या आएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले चौमासिक प्रगति विवरण पेस गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ६ : १७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका