राष्ट्रपति सीको भियतनाम भ्रमण ऐतिहासिक : विदेशमन्त्री वाङ « Khabarhub

राष्ट्रपति सीको भियतनाम भ्रमण ऐतिहासिक : विदेशमन्त्री वाङ


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले हालै गरेको भियतनामको राजकीय भ्रमणलाई यस वर्षको चीन-भियतनाम सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा लिइएको छ।  भ्रमणले ठूलो सफलता हासिल गरेको चिनियाँ विदेशमन्त्री वाङ यीले बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक ब्युरोका सदस्य समेत रहेका वाङले उक्त भ्रमणले दुई देश बीचको सम्बन्धमा ऐतिहासिक महत्त्व राखेको उल्लेख गरेका छन् ।

भियतनामी पक्षले यस भ्रमणलाई ठूलो महत्त्व दिएको छ र उच्च स्तरको न्यानो स्वागत र अभूतपूर्व शिष्टाचार देखाएको उल्लेख गर्दै भियतनामका प्रधानमन्त्री फाम मीन चिन र राष्ट्रिय सभाका अध्यक्ष भुङ दिन्ह ह्यु  चीनका राष्ट्रपति सीलाई स्वागत गर्न विमानस्थलमै पुग्नु महत्त्वपूर्ण रहेको बताएका छन् ।

यस वर्ष चीन र भियतनाम बीचको व्यापक रणनीतिक सहयोग साझेदारीको १५ औँ वार्षिकोत्सव मनाउने क्रममा यस भ्रमणले नयाँ युगको थालनी गरेको विदेशमन्त्री वाङको टिप्पणी छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ७ : १५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको