पशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने  « Khabarhub

पशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने 


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आराध्यदेव  शुपतिनाथका नाममा धर्मभकारी थापेर  पशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने भएको छ । 

 पशुपति क्षेत्र विकास कोषले पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि विद्वानसँग सुझाव लिन आज आयोजना गरेको कार्यक्रममा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिका संयोजक डा जगमान गुरुङले नेपाल सरकारको अनुदान नलिई धर्मभकारी थापेर भगवान् भोलेनाथले वर्षाउनु हुने स्रोतले नै विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी दिए । कोषले गठन गरेको समितिले शिवसङ्कल्पका आधारमा विश्वविद्यालय स्थापना हुने गरी तयारी गरिएको जानकारी सो गराइएको हो ।

 ‘पशुपति र हिन्दु दुई शब्दले विश्वमा नेपालको आकर्षण बढाउँछ, विश्वका हिन्दु नेपाल आउने वातावरण बन्छ, यसले नेपालको शिर उच्च बनाउँछ, गोठाटारमा रहेको कोषको जग्गाको ईशान कोणमा विश्वविद्यालय बनाउने गरी अध्ययन भएको छ’–उनले भने ।

 समितिका सदस्य एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले नेपालका संस्कृतिपरक दर्शनको अध्ययन अनुसन्धान गर्ने गरी विश्वविद्यालय स्थापना हुने बताए । मानवमात्रको विश्वविद्यालय बनाउनेगरी कानुनको मस्यौदा भइरहेको उनले जानकारी दिए ।

 विश्विद्यालयलाई राजनीतिक छायाका रुपमा नभई स्वतन्त्र प्राज्ञिक संस्थाका रुपमा स्थापित गर्ने समितिले गृहकार्य गरेको धर्मशास्त्रविद् गौतमले सुनाए। कोषका सदस्य सचिव राजुकुमार केसीले पशुपतिका नाममा स्थापना हुने विश्वविद्यालयलाई गोठाटारमा रहेको जग्गाबाट ठाउँ दिने व्यवस्था गुरुयोजनामा गरिएको जानकारी गराए । सांस्कृतिक अध्ययन अनुसन्धानको नमूनास्थलका रुपमा विश्वविद्यालयलाई अघि बढाइने उनको प्रतिबद्धता थियो । 

 कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले पछिल्लो समय पशुपतिनाथलाई सहयोग गर्ने भन्दा माग्नेको सङ्ख्या बढिरहेको बताउँदै विश्वविद्यालयका लागि भने सहयोग जुटाउन काम गरिने जानकारी गराए । ८२ प्रतिशत हिन्दु रहेको देशमा पशुपति हिन्दु विश्वविद्यालय स्थापना गर्दा देशको गौरव बढ्ने उनको भनाइ थियो । 

 कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले विश्वविद्यालयले कसैलाई सम्बन्धन नदिने गरी यसको स्वरुप निर्धारण गर्न लागिएको जानकारी गराए। कोषले गठन गरेको कार्यदलले सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाएपछि विश्वविद्यालय स्थापनाका लागि समिति गठन गरिएको उनले बताए । 

कार्यदलले बुझाएको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले अध्ययन गरी अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको जानकारी पनि समितिको सदस्य सचिवसमेत रहेका कार्यकारी निर्देशक खतिवडाले गराए ।

 शिक्षा मन्त्रालयले प्रतिवेदन स्वीकृत गरेपछि विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ७ : ५४ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६