जैविक विविधता चलचित्र महोत्सव सुरु हुँदै « Khabarhub

जैविक विविधता चलचित्र महोत्सव सुरु हुँदै


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वातावरण पत्रकार समूहसँगको सहकार्यमा शुक्रबारदेखि जैविक विविधतासम्बन्धी चलचित्र महोत्सव हुँदैछ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, नेपालका लागि वन तथा वातावरण मन्त्रालय, विश्व वन्यजन्तु कोष नेपाल, जुलोजिकल सोसाइटी अफ लण्डनलगायत २० भन्दा बढी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहकार्यमा भारतीय संस्था ‘सीएमएस वातावरण’ ले महोत्सव आयोजना गर्न लागेको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पर्यावरण, प्राकृतिक स्रोत र वातावरणीय सम्पदा संरक्षणमा युवा सहभागितामा जोड दिइएका चललचित्र देखाइने छन् ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा जलवायु परिवर्तन, अनुकूलन र न्यूनीकरण, वन्यजन्तु संरक्षण, जल संरक्षण, वन संरक्षण र दिगो जीविकोपार्जन जस्ता विभिन्न सान्दर्भिक वातावरणीय मुद्दाहरूमा विश्वका विभिन्न भागबाट १२ वटा अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र प्रदर्शन हुनेछन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  १० : २१ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६