नेपालमा एनिमलको कमाई कति ? « Khabarhub

नेपालमा एनिमलको कमाई कति ?


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – रणवीर कपुर अभिनीत फिल्म ‘एनिमल’ एकपछि अर्को रेकर्ड बनाउँदै अगाडि बढिरहेको छ । फिल्मले ११ औँ दिन अर्थात सोमबार पनि २० करोड ५२ लाख रुपैयाँ कमाएको छ । यसको साथसाथै फिल्मको वल्र्डवाइड कलेक्सन ७३७.९८ करोड कमाएको छ ।

फिल्म अहिले वल्र्डवाइड धेरै कलेक्सन गर्ने हिन्दी फिल्ममा ७ औँ फिल्म बनेको छ । फिल्मले यस अगाडि ‘गदर–२’ को रेकर्ड तोडिसकेको छ ।

नेपालमा पनि फिल्म रिलिजको दिन देखिनै राम्रो व्यवसाय गरेको देखिएको छ । नेपालमा मल्टिप्लेस हलले यस फिल्मका लागि राम्रो शो उपलब्ध गराएका छन् । वल्र्डवाइड कलेक्सन सार्वजनिक भइरहँदा नेपालमा पनि एनिमलले १० करोड बढीको व्यवसाय गरिसकेको चर्चा छ । नेपालमा ‘एनिमल’ले कमायो कति ?

एनिमल फिल्मका नेपाल वितरक मनोज राठीले नेपालमा फिल्मले राम्रो व्यवसाय गरेको बताए । ‘फिल्मको व्यवसाय देशभर राम्रो देखिएको छ । तर कति कमायो हिसाब किताब गर्न बाँकी छ । अहिले भन्न सकिन्न’, राठीले थपे ‘ ‘केही दिनमै सबै हिसाब किताब गरेर नेपालको कमाई सार्वजनिक गर्नेछु ।’

देशभरका हलको आम्दानीको एकमुष्ट सजिलै हिसाब निस्कने भनेको चलचित्र विकास बोर्डको बक्स अफिसबाट हो । तर यो फिल्मको हिसाब बक्स अफिसले नदेखाउने विकास बोर्डका प्रवक्ता केएल बुढाथोकी ‘पीडित’ले बताए । ‘विभिन्न प्राविधिक अपडेट गर्ने भनेर बक्स अफिस केही समयदेखि कन्स्ट्रक्सन छ’, बुढाथोकीले भने ‘हामी छिटो भन्दा छिटो पुरा गर्ने तयारीमा रहेका छौ ।’

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  १० : ३२ बजे

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार

आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश