नक्कली शरणार्थी प्रकरण : खाणलाई सम्पत्ति शुद्धीकरण विभाग लगिने « Khabarhub

नक्कली शरणार्थी प्रकरण : खाणलाई सम्पत्ति शुद्धीकरण विभाग लगिने


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएसँगै पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिने भएको छ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले बिहीबार खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

आदेशसँगै जिल्ला अदालत काठमाडौंमा खाण ३० लाख धरौटी जम्मा गरेर रिहा हुने छन् । यो मुद्दामा रिहा हुने भएपनि केन्द्रीय कारागार सुन्धाराले खाणलाई शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाउने तयारी गरेको छ ।

नक्कली मूटानी शरणार्थी प्रकरणमा अभियुक्त बनाइएका सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मु्द्दा चलिरहेको छ। यसअघि अदालतले रिहा गर्न आदेश दिएकालाई पनि सम्पत्ति शुद्धीकरण विभागमा लगिएको थियो।

 

यो पनि…

बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ११ : ०९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको