नक्कली शरणार्थी प्रकरण : खाणलाई सम्पत्ति शुद्धीकरण विभाग लगिने « Khabarhub

नक्कली शरणार्थी प्रकरण : खाणलाई सम्पत्ति शुद्धीकरण विभाग लगिने


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएसँगै पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिने भएको छ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले बिहीबार खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

आदेशसँगै जिल्ला अदालत काठमाडौंमा खाण ३० लाख धरौटी जम्मा गरेर रिहा हुने छन् । यो मुद्दामा रिहा हुने भएपनि केन्द्रीय कारागार सुन्धाराले खाणलाई शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाउने तयारी गरेको छ ।

नक्कली मूटानी शरणार्थी प्रकरणमा अभियुक्त बनाइएका सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मु्द्दा चलिरहेको छ। यसअघि अदालतले रिहा गर्न आदेश दिएकालाई पनि सम्पत्ति शुद्धीकरण विभागमा लगिएको थियो।

 

यो पनि…

बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ११ : ०९ बजे

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

गुल्मी- स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की

प्रधानमन्त्रीलाई भेटेलगत्तै सिंहदरबारबाटै पक्राउ परे नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ