शैक्षिक क्षेत्रमा दलीय भागबण्डा रोक्नुपर्छ : बिजुक्छे « Khabarhub

शैक्षिक क्षेत्रमा दलीय भागबण्डा रोक्नुपर्छ : बिजुक्छे


२८ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई दलीय भागबण्डाबाट मुक्त नगरेसम्म दुवै क्षेत्रमा गुणस्तर कायम नहुने बताएका छन् ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औं र ख्वप कलेज अफ इञ्जिनियरीङको १५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित एक कार्यक्रममा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने दलीय भागबण्डा अन्त्य हुनुपर्ने बताएका हुन् ।

अध्यक्ष बिजुक्छेँले देश र जनताको निःस्वार्थ सेवा गर्ने जनशक्ति उत्पादन गर्ने स्थानमा दलीय भागबण्डा हुननहुनेमा जोड दिए । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्ने उद्देश्यले स्थापना भएका शैक्षिक प्रतिष्ठानका प्रगति विवरण प्रस्तुत गरे।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुरलाई ज्ञानको केन्द्रको रुपमा विकास गर्न नगरपालिकाले निर्वाह गरेको योगदानको सराहना गरे ।

अध्यक्ष बिजुक्छेले दुवै कलेजमा १० र २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ११ : १८ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण