‘जलवायु परिवर्तनका कारण हेलम्बुले महाविपत्ति भोग्नुपर्यो’ « Khabarhub

‘जलवायु परिवर्तनका कारण हेलम्बुले महाविपत्ति भोग्नुपर्यो’


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जलवायु परिवर्तनका कारण सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुले महाविपत्ति भोग्नु परेको सरोकारवालाले बताएका छन् । साथसाथै फाउण्डेशन र हेलम्बु गाउँपालिकाले संयुक्तरुपमा आयोजना गरेको ‘हेलम्बुमा जलवायु परिवर्तनकोे असर र न्याय’ बारे अन्तरक्रिया कार्यक्रममा पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जलवायु परिवर्तनका कारण हेलम्बुले महाविपत्ति भोग्नु परेको बताएका हुन् ।

उनले जलवायु परिवर्तनकै कारण हेलम्बुले महाविपत्तिसमेत भोग्नाका साथै हेलम्बुको स्याउ भनेर परिचित यो क्षेत्रमा स्याउ फल्नै छोडको, लामखुट्टे लाग्न थालेको, हिउँ पर्नै छोडेको र याकहरु समेत लोप हुन थालेकाले असर न्यूनीकरणका लागि विज्ञहरुको ध्यानाकषर्ण गराए ।

गत वर्ष असार १ गते र त्यसपछिका विभिन्न समयमा मेलम्ची नदीमा आएको बाढीले पु¥याएको क्षतिबारे चर्चा गर्दै अध्यक्ष शेर्पाले यस्तो विपत्तिमा पनि राज्यले उल्लेखनीय भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

उनले पुनरुत्थान तथा पुनःनिर्माणका लागि राज्यको नीति तथा कार्यक्रममा हेलम्बु–मेलम्ची क्षेत्र नसमेटिएको गुनासो गर्दै हेलम्बुलाई न्याय दिन आग्रह गरे ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वनस्पति विभागका निर्देशक डा. राधा वाग्ले, नास्टका पूर्वउपकुलपति डा जीवराज पोख्रेलले प्रस्तुत गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यपत्रमा कृषि विभागका सबनम सिवाकोटी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. प्रभु बुढाथोकीले टिप्पणी गरेका थिए ।

राष्ट्रियसभा सदस्य डा बिमला राई पौड्यालले यो मुद्दा सदनमा उठाउने बताइन् । फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले हेलम्बुमा जलवायु परिवर्तनको असर र न्यायका लागि गाउँपालिकासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ३ : ३७ बजे

रास्वपाको उम्मेदवार छनोट रूपरेखा : पैसा, पहुँच र गुटको प्रभाव नचल्ने 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका

साउदीका लागि प्रस्तावित राजदूत सुनार अस्वीकृत हुँदा १० जनाको नाम अनुमोदन

काठमाडौं – संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित

कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र