देश/प्रदेश

विमान दुर्घटनामा मृत्यु भएका सबैको शव सङ्कलनपछि मात्रै पहिचान थालिने

By खबरहब

January 15, 2023

काठमाडौँ- पोखरामा भएको यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको सबैको शव सङ्कलन गरेपछि मात्रै पहिचान थालिने भएको छ ।

मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै शव सङ्कलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए ।

दुर्घटनास्थल कठिन भौगोलिक अवस्थितिमा रहेका कारण केही शव क्रेनको प्रयोग गरी निकाल्ने प्रयास भइरहेको छ ।