‘विमान दुर्घटनाले दुःखी बनाएको छ, अब हवाई सुरक्षाबारे सोच्नैपर्छ’ « Khabarhub

सांसद राणा भन्छन्ः

‘विमान दुर्घटनाले दुःखी बनाएको छ, अब हवाई सुरक्षाबारे सोच्नैपर्छ’


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : प्रतिनिधिसभा सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणाले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । मानवीय वा प्राविधिक कारण जेसूकै भएपनि चालकदलसहित ७२ जनाको मृत्यु हुने गरि भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति राणाले दुःख व्यक्त गरेका हुन् ।

साथै उनले नेपालको हवाई सुरक्षाका विषयमा अब गम्भीर भएर सोच्ने बेला आएको पनि टिप्पणी गरेका छन् । नेपाली आकाश युरोपेली युनियन अथवा इयुको कालोसूचिमा रहेका बेला विमान दुर्घटना भइरहनुले गम्भीर अवस्था निम्त्याएको पनि उनले बताए ।

सरकारले छानबिन आयोग गठन गरेका कारण दुर्घटनाको वास्तविकता पत्ता लाग्ने भएपनि दुर्घटना रोक्नका लागि केही कडा कदम चाल्नुपर्ने उनको भनाई छ ।

‘पोखरामा भएको विमान दुर्घटनाले दुःखी बनाएको छ । मृत्तकप्रति श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना’ उनले खबरहबसँग भने, ‘तर यति भनेर मात्रै पुग्दैन । अब नेपालको हवाई सुरक्षाबारे गम्भीर रुपमा सोच्नैपर्छ । यसका लागि सरकारले कडा कदम चाल्नुपर्छ । अब ढिला गर्नु हुँदैन ।’

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : २६ बजे

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु