कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनमा अत्यावश्यक औषधिको अभाव « Khabarhub

कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनमा अत्यावश्यक औषधिको अभाव


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनमा अत्यावश्यक औषधिको अभाव हुन थालेको छ । शून्य कोभिड नीति पुनर्विचार गरी कठोर लकडाउन हटेसँगै चीनमा कोरोना भाइरसको प्रकोप फैलिँदै गएको छ ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार चीनका औषधि पसलमा टेलेनोल र एड्भिलजस्ता औषधि पाउनै कठिन छ । धेरै चिनियाँहरुले औषधि सङ्ग्रह गर्न थालेको र म्याद गुज्रेको औषधि समेत सेवन गर्न थालेको समाचारमा उल्लेख गरिएको छ ।

औषधि अभाव भएसँगै समस्याको समाधान गर्न क्षेत्रीय निकायहरुले यस्ता औषधिको बिक्री एवम् आपूर्तिमा सीमा निर्धारण समेत गर्न थालेका छन् ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार चीनले विभिन्न औषधि बनाउन आवश्यक पर्ने कच्चा पदार्थको निर्यातमाथि पनि प्रतिबन्ध लगाएको छ । चीनले कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाएसँगै जापान, ताइवान, सिंगापुर, दक्षिण कोरियाजस्ता देशमा समेत औषधिको अभाव हुन थालेको बताइएको छ ।

यता चीनको सरकारी समाचार संस्था सिन्ह्वाले भने कोभिड १९ नियन्त्रण गर्न औषधि उत्पादकहरुले पूर्ण क्षमतामा काम गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : ३३ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने