कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनमा अत्यावश्यक औषधिको अभाव « Khabarhub

कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनमा अत्यावश्यक औषधिको अभाव


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनमा अत्यावश्यक औषधिको अभाव हुन थालेको छ । शून्य कोभिड नीति पुनर्विचार गरी कठोर लकडाउन हटेसँगै चीनमा कोरोना भाइरसको प्रकोप फैलिँदै गएको छ ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार चीनका औषधि पसलमा टेलेनोल र एड्भिलजस्ता औषधि पाउनै कठिन छ । धेरै चिनियाँहरुले औषधि सङ्ग्रह गर्न थालेको र म्याद गुज्रेको औषधि समेत सेवन गर्न थालेको समाचारमा उल्लेख गरिएको छ ।

औषधि अभाव भएसँगै समस्याको समाधान गर्न क्षेत्रीय निकायहरुले यस्ता औषधिको बिक्री एवम् आपूर्तिमा सीमा निर्धारण समेत गर्न थालेका छन् ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार चीनले विभिन्न औषधि बनाउन आवश्यक पर्ने कच्चा पदार्थको निर्यातमाथि पनि प्रतिबन्ध लगाएको छ । चीनले कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाएसँगै जापान, ताइवान, सिंगापुर, दक्षिण कोरियाजस्ता देशमा समेत औषधिको अभाव हुन थालेको बताइएको छ ।

यता चीनको सरकारी समाचार संस्था सिन्ह्वाले भने कोभिड १९ नियन्त्रण गर्न औषधि उत्पादकहरुले पूर्ण क्षमतामा काम गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : ३३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस