सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्छ : उपराष्ट्रपति पुन « Khabarhub

सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्छ : उपराष्ट्रपति पुन


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा विमान दुर्घटनाबारे अध्ययन गर्न गठित आयोगले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरेका छन्।

दुर्घटनाको कारण बारे सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस प्रकारको दुर्घटना हुन नदिन नेपाल सरकारद्वारा गठित दुर्घटना जाँच आयोगले प्रभावकारी काम गर्ने उनको विश्वास छ । उपराष्ट्रपति पुनले आयोगले दिने प्रतिवेदनलाई तदारुकता साथ कार्यान्वयन गरेर सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्नेमा जोड दिएका छन् ।

उपराष्ट्रपति पुनले आज एक शोक वक्तव्य जारी गरी बिहान गण्डकी प्रदेशको राजधानी पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना र उक्त दुर्घटनाबाट भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको बताए ।उन भने , “नेपालको आन्तरिक उडानकै सबैभन्दा ठूलो मानवीय क्षति हुने गरी भएको पोखरा विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु, दुर्घटनामा परी ज्यान गुमाउनुभएका चालक दलका सदस्य एवं यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, उहाँहरूका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

पोखरा हवाई दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति पु¥याएको उनको भनाइ छ । गत जेठमा मात्रै गण्डकी प्रदेशकै मुस्ताङमा विमान दुर्घटना भएको थियो । नेपालमा पटकपटक हुने यस्ता दुर्घटनाले हाम्रो हवाई यात्रा सुरक्षामाथि प्रश्न उब्जाएको र यस्ता दुर्घटनालाई न्यूनीकरण गरेर हवाई यात्रालाई सुरक्षित राख्न सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : ३७ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल