सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्छ : उपराष्ट्रपति पुन « Khabarhub

सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्छ : उपराष्ट्रपति पुन


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा विमान दुर्घटनाबारे अध्ययन गर्न गठित आयोगले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरेका छन्।

दुर्घटनाको कारण बारे सत्यतथ्य पत्ता लगाउन र आगामी दिनमा यस प्रकारको दुर्घटना हुन नदिन नेपाल सरकारद्वारा गठित दुर्घटना जाँच आयोगले प्रभावकारी काम गर्ने उनको विश्वास छ । उपराष्ट्रपति पुनले आयोगले दिने प्रतिवेदनलाई तदारुकता साथ कार्यान्वयन गरेर सरकारले हवाई यात्रालाई सुरक्षित बनाउनुपर्नेमा जोड दिएका छन् ।

उपराष्ट्रपति पुनले आज एक शोक वक्तव्य जारी गरी बिहान गण्डकी प्रदेशको राजधानी पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना र उक्त दुर्घटनाबाट भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको बताए ।उन भने , “नेपालको आन्तरिक उडानकै सबैभन्दा ठूलो मानवीय क्षति हुने गरी भएको पोखरा विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु, दुर्घटनामा परी ज्यान गुमाउनुभएका चालक दलका सदस्य एवं यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, उहाँहरूका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

पोखरा हवाई दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति पु¥याएको उनको भनाइ छ । गत जेठमा मात्रै गण्डकी प्रदेशकै मुस्ताङमा विमान दुर्घटना भएको थियो । नेपालमा पटकपटक हुने यस्ता दुर्घटनाले हाम्रो हवाई यात्रा सुरक्षामाथि प्रश्न उब्जाएको र यस्ता दुर्घटनालाई न्यूनीकरण गरेर हवाई यात्रालाई सुरक्षित राख्न सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ९ : ३७ बजे

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्

पुलको पहुँचमार्ग बन्यो : १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

बागलुङ– पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ

कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री