विमान दुर्घटनापछि उद्धारका लागि २२७ सशस्त्र प्रहरी परिचालन | Khabarhub Khabarhub

विमान दुर्घटनापछि उद्धारका लागि २२७ सशस्त्र प्रहरी परिचालन


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी बलले काठमाडौँ–पोखरा उडानमा रहेको यती एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सय २७ सशस्त्र प्रहरी परिचालन गरेको छ । आज बिहान काठमाडौँबाट पोखरातर्फ उडेको नाइन एन एएनसी एटिआर ७२ विमान दुर्घटना भएको सूचना प्राप्त हुनासाथ खोज तथा उद्धार कार्यमा लागि दुई सय २७ प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले राससलाई जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वार्टर कालिका कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विजय केसीको कमान्डमा एक सय ४०, सशस्त्र प्रहरी बल नेपाल हूल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनबाट सशस्त्र प्रहरी निरीक्षक राजेशकुमार सिंहको कमान्डमा ६२ र कुरिनटार गोताखोरबाट १५ जनाको टोली परिचालन गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय अन्य सङ्घसंस्था र निकायको समन्वयमा उद्धार कार्य भइरहेको प्रवक्ता थापाले बताए । विमान अप्ठेरो खाँेचमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १० : २५ बजे

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ

ब्रेकेल प्लेक्सेस इञ्जुरीको सफल सल्यक्रिया गर्ने डाक्टरहरु सम्मानित

काठमाडौं- प्लाष्टिक सर्जरी विभाग किर्तिपुर अस्पातलले नेपालमै अध्ययन गरेर हातको

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको