विमान दुर्घटनापछि उद्धारका लागि २२७ सशस्त्र प्रहरी परिचालन « Khabarhub

विमान दुर्घटनापछि उद्धारका लागि २२७ सशस्त्र प्रहरी परिचालन


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी बलले काठमाडौँ–पोखरा उडानमा रहेको यती एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सय २७ सशस्त्र प्रहरी परिचालन गरेको छ । आज बिहान काठमाडौँबाट पोखरातर्फ उडेको नाइन एन एएनसी एटिआर ७२ विमान दुर्घटना भएको सूचना प्राप्त हुनासाथ खोज तथा उद्धार कार्यमा लागि दुई सय २७ प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले राससलाई जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वार्टर कालिका कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विजय केसीको कमान्डमा एक सय ४०, सशस्त्र प्रहरी बल नेपाल हूल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनबाट सशस्त्र प्रहरी निरीक्षक राजेशकुमार सिंहको कमान्डमा ६२ र कुरिनटार गोताखोरबाट १५ जनाको टोली परिचालन गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय अन्य सङ्घसंस्था र निकायको समन्वयमा उद्धार कार्य भइरहेको प्रवक्ता थापाले बताए । विमान अप्ठेरो खाँेचमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १० : २५ बजे

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४

भारतीय पर्यटकले भरिभराउ पोखरा (तस्बिरहरू)

पोखरा– भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी– मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति