‘तीन तहका सरकारबीच सहकार्यको आवश्यकता छ’ « Khabarhub

‘तीन तहका सरकारबीच सहकार्यको आवश्यकता छ’


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको आवश्यकता रहेको बताएका छन् । उनले सङ्घीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको समेत औँल्याएका हुन्।

प्रदेश स्थापना दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा मुख्यमन्त्री गिरीले बितेका पाँच वर्षमा सङ्घीयता कार्यान्वयनको सन्दर्भमा भएका कार्यलाई निरन्तरता दिँदै प्रदेश सरकारले विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दुमा राखेर ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’को लक्ष्यलाई कार्यान्वयन गर्न लागेको बताएका छन् । उनले स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीबाट शून्यदेखि व्यवस्थापनको कार्य थालनी गरिएको बताए ।

“पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैँ यतिबेला स्थायी राजधानीस्थल राप्ती उपत्यका देउखुरीबाट उसैगरी शून्यबाट राजधानी व्यवस्थापनको कार्यको थालनी गरेका छौँ”, शुभकामना सन्देशमा उनले भनेका छन्, “नदी सभ्यतामा आधारित समुन्नत र योजनाबद्ध सहरसहितको व्यवस्थित राजधानी निर्माण गर्ने कामलाई पूरा गर्ने सङ्कल्प लिएका छौँ ।”

अघिल्लो पाँच वर्षको अवधिमा प्रदेश सरकारलाई नागरिकले सुन्ने र देख्ने विन्दुमा ल्याइपुर्‍याइएको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवन पद्दतिका रूपमा स्थापित गर्न सक्दामात्रै आम नागरिकले लोकतन्त्रको सुखद् अनुभूति गर्न पाउँछन् भन्ने मान्यतालाई स्थापित गर्न प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री गिरीको भनाइ छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ११ : ११ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको