अदालतको भवन नहुँदा न्याय सम्पादनमा समस्या « Khabarhub

अदालतको भवन नहुँदा न्याय सम्पादनमा समस्या


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे- इलाम जिल्ला अदालतको आफ्नै भवन नहुँदा न्याय सम्पादनमा समस्या परेको छ। अरू नै प्रयोजनका लागि बनाइएको भवनको साँगुरो कोठामा कार्यालय सञ्चालन गर्दा न्याय सम्पादनमा समस्या भएको हो। असहज अवस्थामा नै लामो समयदेखि काम गरिरहनुपरेको जिल्ला अदालतका श्रेस्तेदार फडिन्द्रराज भट्टराईले बताए। हाल उक्त अदालत जिल्ला समन्वय समितिको पाहुना घरमा सञ्चालित छ।

जिल्ला समन्वय समितिलाई मासिक रु ४१ हजार तिरेर कार्यालय सञ्चालन गर्नुपरेको बताइएको छ। अदालतमा ३५ जनाको दरबन्दी रहेको र हाल सञ्चालित भवनमा आठ वटा मात्र कोठा रहेको श्रेस्तेदार भट्टराईले बताए। यहाँ सेवाग्राही बस्ने ठाउँ र थुनुवा राख्ने ठाउँसमेत नहुँदा समस्या भएको छ। कर्मचारी कोचिएर बस्नुपरेको र इजलाससमेत साँगुरो हुँदा आवश्यक फर्निचरसमेत राख्ने ठाउँ नभएको बताइएको छ।

उक्त अदालत२०७६ सालदेखि भाडामा बस्दै आएकामा त्यसअघि उच्च अदालतकै भवनमा थियो। उच्च अदालतलाई नै भवन साँगुरो भएपछि जिल्ला अदालत सार्न बाध्य हुनुपरेको थियो। इजलास र चेम्बर नहुँदा समस्या भएको भन्दै पटक–पटक डेलिगेशन गए पनि कहीँ कतैबाट समस्या समाधानका लागि पहल नभएको उच्च अदालत बार एशोसिएशनका अध्यक्ष उत्तम पौडेलले बताए।

साँगुरो कोठा भएकै कारण कानुन व्यवसायी र न्यायाधीशबीच कानुनका विषयमा छलफल गर्न नपाइएको उनको गुनासो थियो। बहस गर्न नै समस्या भएकाले माथिल्लो निकायमा पटक–पटक जानकारी गराइए पनि कहीँबाट सुनुवाइ नभएको बताइएको छ। उच्च अदालत इलाम इजलास र जिल्ला अदालतको भवन निर्माणका लागि उच्च अदालतबाट निर्णय गरेर प्रस्ताव पठाइएकामा हाल अर्थ मन्त्रालयमा फाइल रोकिएको बताइएको छ। आवश्यक रकम विनियोजनका लागि उक्त मन्त्रालयमा फाइल पुगेकाले चाँडै काम हुने श्रेस्तेदार भट्टराईको भनाइ थियो ।

कार्यालयलाई आवश्यक पर्ने इलाम नगरपालिका–६ पिपलबोटे (लोकसेवा आयोग) छेउमा छ रोपनी एक दाम जमिन फेला परेपछि भवन निर्माणका लागि प्रस्ताव गरिएको थियो।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १२ : १३ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र