स्पट फिक्सिङ : सीआईबीले बुझायो प्रतिवेदन « Khabarhub

स्पट फिक्सिङ : सीआईबीले बुझायो प्रतिवेदन


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टी-२० लिगमा भएको स्पट फिक्सिङसम्बन्धी नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सीआईबीले प्रतिवेदनमा १० जनालाई प्रतिवादी बनाएको छ । उनीहरूलाई खेलकुद ऐन अनुसार तीन वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने सिफारिस गरिएको एसपी सन्जयसिंह थापाले जनाएका छन् ।

नेपाली टी-२० लिग गत पुस ९-२७ गतेसम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको थियो । सो प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल अन्सारी, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन् ।

नेपाल टी-२० लिगको व्यापारिक तथा रणनीतिक साझेदारका रुपमा नेपाल क्रिकेट संघ (क्यान) सँग सम्झौता गरेको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया स्पट फिक्सिङमा प्रत्यक्ष संलग्न रहेको अनुसन्धानबाट खुलेको बताइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १ : ५९ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले