धरानका मेयर साम्पाङ खोटाङमा « Khabarhub

धरानका मेयर साम्पाङ खोटाङमा


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ– धरानका मेयर हर्क साम्पाङले खोटाङमा साम्पाङ राईको ऐतिहासिक उद्गमस्थल अवलोकन गरेका छन् । मेयर साम्पाङले केपिलासगढी गाउँपालिका–३ बासपानीको खोक्मास्थित साम्पाङ राईको उद्गम थलो खकलुङ, साम्फेलुङखकलुङ कुवा अवलोकन गरेका हुन् । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेस्थित घर पुगेकाबेला मेयर साम्पाङले खकलुङ पुगेर साम्पाङ राईको उद्गम थलो अवलोकन गरेका हुन् । 

सम्पाङ राईको ऐतिहासिक स्थल खकलुङलाई फुपालुङ (बाजेढुंगा)मुमालुङ (बोजुढुंगा) भनेर पनि चिन्ने गरिन्छ । साम्पाङ राईको पुर्खाले साम्फेलुङमा पहिलो पाइला टेकेको, खकलुङमा बसोबास गरेको र सोही ठाउँको कुवाको पानी पिएको किंवदन्ती रहेको किरात साम्पाङ राई जुम्लेखा जिल्ला समिति खोटाङका अध्यक्ष प्रताप राईले बताए । 

मेयर साम्पाङले खोक्मास्थित किरात साम्पाङ राई जुम्लेखा जिल्ला समिति खोटाङको कार्यालयमा जुम्लेखाको झण्डोत्तलन गरेका छन् । मेयर साम्पाङले साम्पाङ राईको उद्गम थलो खकलुङ (बासपानी)को विकासका लागि लागिपर्ने प्रतिवद्धता जनाएका छन् । 

मेयर साम्पाङलाई किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङ, यायोक्खाको केपिलासगढी गाउँपालिका कमिटी र किरात साम्पाङ राई जुम्लेखा खोटाङले गाउँमा स्वागत गर्नुका साथै सम्मान गरेको छ । साम्पाङलाई कदर–पत्रमायाँको चिनो स्वरुप चिन्डो प्रदान गरेर सम्मान गरिएको हो । 

केपिलासगढी गाउँपालिकाले बुधबार मेयर साम्पाङलाई कार्यालयमा स्वागत गरेको छ । उनलाई गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई लगायतले खादा ओढाएर स्वागत गरेका थिए । जन्मथलो जानेक्रममा मेयर साम्पाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम फाउण्डेसन भिजिट गरेका थिए । 

 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  २ : ०९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना