निर्मला कुर्मी प्रकरण : तीन बुदेँ सहमतिपछि धर्ना स्थगित | Khabarhub Khabarhub

निर्मला कुर्मी प्रकरण : तीन बुदेँ सहमतिपछि धर्ना स्थगित


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि गरिएको आन्दोलन स्थगित भएको छ । नेपाल सरकारसँग तीन बुदेँ सहमति भएपछि तेस्रो चरणको धर्नासहितको आन्दोलन स्थगित गरिएको आन्दोलनरत रुवी खानले जानकारी दिइन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहसचिव विनोद प्रकाश सिंह र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसँग हिजो भएको छलफलका आधारमा आज तीन बुदेँ सहमति भएको हो । आन्दोलनरत पक्षधरले माइतीघरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा न्यायिक आयोग गठन गर्नुपर्ने, घटनाको छानबिन उक्त आयोगले नै गर्नुपर्ने प्रमुख माग राख्दै आन्दोलन स्थगित गरिएको खानले जानकारी दिइन्।

उनले भनिन्, ‘कुर्मी त एउटा उदाहरण मात्र हुन् । माग कार्यान्वयन नहुँदासम्म हाम्रो आन्दोलन जारी रहने छ ।’ सहमतिमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित कसूरको अनुसन्धान गर्नका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२ बमोजिम मुद्दा चलाइने उल्लेख छ ।

आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्ने गरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई यथावत राख्दै हाललाई आन्दोलन स्थगित गरेको जनाएको छ । घरेलु हिसांपीडित महिलाको न्यायका लागि माग गर्दै नेपालगञ्जदेखि पैदलयात्रा गरेर काठमाडौँ आएका खानसहितका व्यक्तिले माइतीघरमा गएको ४८ दिनदेखि धर्ना दिइरहेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : १५ बजे

तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे

काठमाडौं – तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा

बाढीले क्षति पुर्‍याएको त्रिशूलीको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

गोरखा – त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल

बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दशैं मनाउँदै

खोटाङ – बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार

बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । यहाँका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको

दशैंको किनमेल स्थानीय हाटबजारमा

नवलपरासी – नवदुर्गा सुरु भएसँगै गाउँघरको वातावरण रमाइलो हुने गरेको