बास्केटबलप्रति महिला खोलाडीको आकर्षण बढ्दो « Khabarhub

बास्केटबलप्रति महिला खोलाडीको आकर्षण बढ्दो


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएपछि यहाँका महिला खेलाडीको यसतर्फ आकर्षण बढेको छ । गत असोज २८ देखि कात्तिक ३ गतेसम्म यहाँ महिला बास्केटबल प्रतियोगिता आयोजना भएको थियो ।

बास्केटबलका प्रशिक्षक कृष्णकुमार श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद यहाँ आयोजना भएपछि जिल्लामा महिला खेलाडीको आकर्षण बढ्न थालेको बताएका हुन् । “पहिला खेलप्रति खासै चासो थिएन तर अहिले महिला खेलाडी यसतर्फ आकर्षित भएका छन्”, उनले भने। 

प्रशिक्षक श्रेष्ठका अनुसार उक्त खेलमा गण्डकी प्रदेशको टोलीमा यहाँका खेलाडी सहभागी गराउन नसकिएपनि आगामी दिनमा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रशिक्षण कार्यक्रम आयोजना भइरहनेछ । बास्केटबलप्रति खेलाडीको आकर्षण बढ्न थालेपछि स्थानीय तहले पनि यसतर्फ चासो दिएको र  व्यास नगरपालिकाले राष्ट्रपति रनिङ सिल्डमा यस खेललाई समावेश गरेको छ । ‘पालिकाले विद्यालयस्तरदेखि नै बास्केटबलप्रति रुचि बढाउन पहिलो पटक राष्ट्रपति रनिङशिल्डमा समावेश गरेको हो, यसले खेलप्रति रुचि राख्ने विद्यार्थीलाई अवसर प्रदान गरेको छ,’ नगरपालिका-२ का वडासदस्य सुरेश वाग्लेले भने ।

दमौली बजारमा तीन वटा बास्केटबल कोर्ट छन् । व्यास नगरपालिका-३ मा हैरान्स क्लबको सक्रियतामा एउटा कोर्ट निर्माण गरिएको त्यसमा  नगरपालिकाले आर्थिक सहयोग गरेको छ । 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : ४५ बजे

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।