बास्केटबलप्रति महिला खोलाडीको आकर्षण बढ्दो | Khabarhub Khabarhub

बास्केटबलप्रति महिला खोलाडीको आकर्षण बढ्दो


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएपछि यहाँका महिला खेलाडीको यसतर्फ आकर्षण बढेको छ । गत असोज २८ देखि कात्तिक ३ गतेसम्म यहाँ महिला बास्केटबल प्रतियोगिता आयोजना भएको थियो ।

बास्केटबलका प्रशिक्षक कृष्णकुमार श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद यहाँ आयोजना भएपछि जिल्लामा महिला खेलाडीको आकर्षण बढ्न थालेको बताएका हुन् । “पहिला खेलप्रति खासै चासो थिएन तर अहिले महिला खेलाडी यसतर्फ आकर्षित भएका छन्”, उनले भने। 

प्रशिक्षक श्रेष्ठका अनुसार उक्त खेलमा गण्डकी प्रदेशको टोलीमा यहाँका खेलाडी सहभागी गराउन नसकिएपनि आगामी दिनमा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रशिक्षण कार्यक्रम आयोजना भइरहनेछ । बास्केटबलप्रति खेलाडीको आकर्षण बढ्न थालेपछि स्थानीय तहले पनि यसतर्फ चासो दिएको र  व्यास नगरपालिकाले राष्ट्रपति रनिङ सिल्डमा यस खेललाई समावेश गरेको छ । ‘पालिकाले विद्यालयस्तरदेखि नै बास्केटबलप्रति रुचि बढाउन पहिलो पटक राष्ट्रपति रनिङशिल्डमा समावेश गरेको हो, यसले खेलप्रति रुचि राख्ने विद्यार्थीलाई अवसर प्रदान गरेको छ,’ नगरपालिका-२ का वडासदस्य सुरेश वाग्लेले भने ।

दमौली बजारमा तीन वटा बास्केटबल कोर्ट छन् । व्यास नगरपालिका-३ मा हैरान्स क्लबको सक्रियतामा एउटा कोर्ट निर्माण गरिएको त्यसमा  नगरपालिकाले आर्थिक सहयोग गरेको छ । 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : ४५ बजे

बाँकेका भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा  

बाँके– भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई धमाधम जग्गाधनी प्रमाणपुर्जा

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला

सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक राजवंशीको मृत्यु

झापा– झापाको कमल गाउँपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको

म्याग्दीको डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको

फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई  

काठमाडौं– फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को