भारतको मणिपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने « Khabarhub

भारतको मणिपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर पूर्वी भारतको मणिपुर राज्यमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । मेघालयको राजधानी इम्फालस्थित खुमन लाम्पाक रंगशालामा आगामी मार्च २२, २४ र २६ का दिन अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा भारतीय राष्ट्रिय फुटबल टिमका साथै किर्गिजस्तान र म्यान्मारका राष्ट्रिय फुटबल टिमले सहभागिता जनाउने आसामबाट प्रकाशित हुने आसाम ट्रिब्युनले जनाएको छ ।

मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले अखिल भारतीय फुटबल संघका अध्यक्ष कल्याण चौबेको उपस्थितीमा प्रतियोगिताबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराएको जनाइएको छ ।

मुख्यमन्त्री सिंहले आफ्नो राज्यलाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने मौका दिएकामा अखिल भारतीय फुटबल संघलाई धन्यवाद पनि दिएका छन् ।

उनले उक्त प्रतियोगिता सफलतापूर्वक आयोजना गर्नका लागि आफ्नो सरकारले कुनै कसर बाँकी नराख्ने समेत स्पष्ट पारेका छन् ।ब

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ५ : ०० बजे

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार