नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई सशस्त्रको सम्मान « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई सशस्त्रको सम्मान


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी बलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले खेलाडीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका हुन् । कार्यक्रममा उनले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको ज्ञान, सीप र क्षमताको सङ्गठनले उच्च मूल्याङ्कन गरेको बताए । उनले आगामी दिनमा समेत खेलाडीले उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

गत असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानमा सञ्चालन भएको उक्त राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लबले सामूहिक तथा व्यक्तिगत विधामा ६५ स्वर्ण, ७२ रजत र ८२ कास्य गरी कूल दुई सय १९ पदकसहित दोस्रो स्थान हासिल गरेको थियो । कूल ३६ खेल विधा समावेश गरिएको उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपालको नेपाल एपीएफ क्लबबाट ३१ खेल विधामा पाँच सय ४९ जना खेलाडीको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा उक्त प्रतियोगितामा व्यक्तिगत खेलतर्फ पदक विजेता खेलाडीलाई जनही तथा सामूहिक खेलतर्फ दुई वा दुईभन्दा बढी विधातर्फ सहभागी भई पदक विजेता टिमका टिम क्याप्टेनलाई नगद पुरस्कारसहित सम्मानपत्र समेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ८ : १९ बजे

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको