पाकिस्तानका अहमदिया मस्जिदमा आक्रमणका घटना बढ्दै « Khabarhub

पाकिस्तानका अहमदिया मस्जिदमा आक्रमणका घटना बढ्दै


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा अहमदिया सम्प्रदायका मस्जिदमा आक्रमणका घटना बढ्दै गएको पाइएको छ । केही समयअघि पाकिस्तानको कराँची सहरमा रहेको अहमदिया मस्जिदमा तोडफोड भएसँगै उक्त सम्प्रदायको सुुरक्षाप्रति चिन्ता उत्पन्न भएको छ ।

कराँचीको मार्टिन रोडमा रहेको अहमदिया मस्जिदभित्र प्रवेश गरी तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले तोडफोड गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणकारीले मस्जिदका दुई मिनारमा पनि क्षति पुर्‍याएका छन् ।

प्रहरी आउनेबित्तिकै आक्रमणकारी हथौडा र सिँढी छाडेर फरार भएको बताइएको छ । पछिल्लो महिना पाकिस्तानमा अहमदिया मस्जिदमा तोडफोडको घटना भएको यो तेस्रो पटक हो ।

पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता पाकिस्तानमा अहमदियाहरुको करिब १५० चिहान र मस्जिद भत्काइएको जनाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ८ : ४७ बजे

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित