हालान्डको कीर्तिमानी ५ गोलसहित सिटी क्वाटरफाइनलमा « Khabarhub

हालान्डको कीर्तिमानी ५ गोलसहित सिटी क्वाटरफाइनलमा


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वाटरफाइनलको दोस्रो लिगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० गोलको फराकिलो अन्तरले सिटी क्वाटर अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदान इतिहादमा गएराति भएको दोस्रो लेगमा सिटीका फरवार्ड एर्लिङ हालान्डले कीर्तिमानी ह्याट्रिकसहित ५ गोल गरे । इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले  थप एक एक गोल गरेर सिटीलाई यो लिगकै सानदार जीत निकाले ।

इतिहाद स्टेडियममा मंगलबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली सिटीले खेलको २२औं मिनेटमा हालान्डको पेनाल्टीबाट अग्रता लिएको थियो । दुई मिनेटपछि अर्थात् २४ औं मिनेटमा नै हालान्डले केभिन डि ब्रुएनाको पासमा दोस्रो, पहिलो हाफको इन्ज्युरी समय अर्थात् ४९औं मिनेटमा इल्केए गुन्डोगानले ज्याक ग्रेलिसको पासमा हल्यान्डले हयाट्रिक गरे ।

हल्यान्डको गोलको गति यतिमा नै रोकिएनन दोस्रो हाफको सुरुवाती ५३औं मिनेटमा म्यानुएल एकान्जीको पासमा, ५७औं मिनेटमा ले एकान्जीकै पासमा थप गोल गरेर एउटै खेलमा हल्यान्डले लगातार ५ गोल गरेर कीर्तिमानी कायम गर्न सफल भए ।

योसँगै एउटै खेलमा पाँच गोल गरेका हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी समेत बनेका छन् । यसअघि अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिली लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गर्ने कीर्तिमान राखेका थिए ।

यसैगरी, सिटीबाट एकै सिजन ३९ गोल गर्ने हालान्ड एक्ला खेलाडी पनि बनेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ७ : २९ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : बदली र वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास

अमेरिका-इरान युद्धविरामको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ – अमेरिका र इरानबीच युद्धविरामको सहमति भएसँगै विश्व अर्थतन्त्र

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारकाका लागि विदेशी मुद्राको विनिमय