बलात्कार कसुरमा युवकलाई सात वर्ष कैद « Khabarhub

बलात्कार कसुरमा युवकलाई सात वर्ष कैद


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सप्तरीकी २५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–८ का एक युवकलाई मंगलबार सात वर्ष कैद सजाय भएको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ३० वर्षीय सुन्दर मुखियालाई सात वर्ष कैद सजाय गरेको अदालतले जनाएको छ। आरोपितलाई सात वर्ष कैदका साथै पीडितका लागि ५० हजार क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर राहत पीडित कोषमा एक हजार तीन सय जम्मा गर्नुपर्ने फैसला भएको सप्तरी अदालतले जनाएको छ।

तीनवर्ष अघि नै अदालतमा दर्ता भएको अभियोगको ३३औं पटकको पेशीमा फैसला भएको हो। आरोपितले २०७६ असोज ३ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७६ असोज ६ गते उजुरी दिएका थिए। पीडितका अनुसार पति माछा मार्न राति ढोका ढप्काएर निक्लिएका बेला कोठाभित्र प्रवेश गरेका आरोपितले बलात्कार गरेका थिए।

आरोपित २०७६ पुस ११ गते पक्राउ परेपछि माघ ६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ८ : ४९ बजे

गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुवाती अग्रता

गोरखा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय

चितवन-३ मा रास्वपाकी गौतम विजयी

चितवन– प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय

 अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची– प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिप्रसाद

राजीवको बाचा : कसैले हारेको महसुस गर्नु पर्दैन,  सबैको एजेन्डा बोकेर हिँड्छु

काठमाडौं– भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री

तनहुँ-१ मा कांग्रेसका गोविन्द फेरि निराश, स्वर्णिम विजयी 

तनहुँ– तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका