कृष्ण सागरमा रुसी लडाकु विमान र अमेरिकी ड्रोन ठोक्किएसँगै आरोप प्रत्यारोप सुरु « Khabarhub

कृष्ण सागरमा रुसी लडाकु विमान र अमेरिकी ड्रोन ठोक्किएसँगै आरोप प्रत्यारोप सुरु


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृष्ण सागरमाथिको अन्तर्राष्ट्रिय आकाशमा रुसी लडाकु विमान र अमेरिकी जासुसी ड्रोन एक आपसमा ठक्कर खाएपछि दुई मुलुक एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रेका छन् ।

युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला मंगलबार कृष्ण सागरको आकाशमा रुसी वायुसेनाको सुखोई एसयु २७ लडाकु विमान र अमेरिकी एमक्यू ९ चालकरहित हवाई उपकरण ड्रोन एक आपसमा ठक्कर खाएका थिए ।

अमेरिकी रक्षा प्रशासन पेन्टागनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले रुसी लडाकु विमानले अमेरिकी ड्रोनको पखेँटामा ठक्कर दिएको जनाएको छ ।

असुरक्षित र अव्यवसायिक रुसी हवाई कौशलले दुबै विमान दुर्घटना हुने जोखिम निम्त्याएको सो क्षेत्रमा तैनाथ अमेरिकी वायुसेनाका कमाण्डर जनरल जेम्स हेकरले बताएका छन् ।

रुसले भने आफ्नो लडाकु विमानले अमेरिकी ड्रोनलाई ठक्कर नदिएको र ‘जटिल हवाई चालबाजी’ का कारण उक्त ड्रोन खसेको बताएको छ ।

अमेरिकाका लागि रुसी राजदूत अनातोली अन्तोनोभले विद्युतीय प्रसारण प्रणाली बन्द गरी उक्त ड्रोन जानाजान र उत्तेजना भड्काउने उद्देश्यले रुसी आकाशमा प्रवेश गर्न लागेको अवस्थामा घटना भएको बताएका छन् ।

उत्तेजना भड्काउने उद्देश्यबाट प्रेरित भएर अमेरिकी ड्रोनले सो क्षेत्रमा उडान भरेको भएको आफ्नो मुलुकको ठहर रहेको उनको भनाइ छ ।

घटनाबारे थप छलफल गर्न अमेरिकी विदेश मन्त्रालयले राजदूत एन्तोनोभलाई बोलाएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ३ : ३१ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी