विद्येयक पारित नगर्न मानव अधिकार सञ्जालको माग « Khabarhub

विद्येयक पारित नगर्न मानव अधिकार सञ्जालको माग


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले जघन्य अपराधका दोषी समेतलाई समग्र रुपमा उन्मुक्ति दिने गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्ने विद्येयक पेश गरेको भन्दै मानव अधिकार राष्ट्रिय सञ्जालले आपत्ति जनाएको छ ।

द्वन्द्वकालीन घटनाका पिडकलाई दण्डित गर्ने र पिडीतको पिडालाई मलमपट्टी लगाउनेभन्दा पनि अन्तर्राष्ट्रिय मानव अधिकार र मानव अधिकार कानूनले समेत माफि मिनाहा दिन नमिल्ने अपराधका दोषीलाई उन्मुक्ति दिने गरी उक्त विधेयक पेश भएको सञ्जालले जनाएको छ ।

संशोधन विद्येयक यथास्थितीमा संसदबाट पारित हुँदा संविधानले परिकल्पना र व्यवस्था गरेको संवैधानिक सर्वोच्चता, विधीको शासन, स्वतन्त्र एवं सक्षम न्यायपालिका, मानवअधिकारजस्ता लोकतन्त्रका मूलभूत सिद्धान्त उल्लंघन हुने सञ्जालको ठहर छ ।

यसबाट सर्वोच्च अदालत एवं मानव अधिकार समितिले द्वन्द्वकालिन घटनाका सम्बन्धमा जारी गरेका फैसला र आदेश, नेपाल पक्ष भएका मानव अधिकार एवं मानवीय कानून, प्रचलित न्याय र न्याय प्रशासनसम्बन्धी कानून, सिद्धान्तसमेतको उल्लंघन हुन जाने सञ्जालले जनाएको छ ।

मानव अधिकार सञ्जालले विज्ञप्ति जारी गर्दै विद्येयक यथास्वरुपमा पारित नगर्न नगराउन संसद र नेपाल सरकारसमक्ष माग पनि गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ४ : ११ बजे

गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सनः चार दिनमा २२६ जना बिचौलिया पक्राउ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङको सक्रियतासँगै प्रहरीले चार दिनमा २२६

बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न उपकरण प्रदान

महोत्तरी– बर्दिबास युथ क्लबले महोत्तरीको बर्दिबास अस्पताललाई‘ थाइराइड रोग’को पहिचानका

बसको ठक्करबाट एक बालकको मृत्यु

चितवन– चितवनमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ– कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ