विप्लव र कर्णजित नेतृत्वको दुई पार्टीबीच एकताको घोषणा « Khabarhub

विप्लव र कर्णजित नेतृत्वको दुई पार्टीबीच एकताको घोषणा


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विप्‍लव नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकताको घोषणा भएको छ । 

बुधबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरि दुई पार्टीले एकताको घोषणा गरेका हुन् । नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको  स्थापना गर्नका र जनताको समृद्धि जीवन एवं स्वाधीन नेपाल राष्ट्र निर्माणका लागि एकतावद्ध भएर अघि बढ्ने सहमति गरेको दुई पार्टीले जनाएको छ ।

त्यस्तै दुई पार्टीले क्रान्तिकारी धारमा रहेका नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायत पार्टीहरूसँग पनि एकताका लागि छलफल जारी रहेको उल्लेख गरेका छन् । पत्रकार सम्मेलनमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसद्को गोलचक्कर र संसद्‌मा हराउने कम्युनिष्ट आन्दोलनले नेपाली जनताको हित र मुलुकको स्वाधीनताको रक्षा गर्न नसक्ने बताए ।

उनले जनयुद्ध लडेको मान्छेलाई अपराधिकरण गर्न खोज्दैमा कम्युनिष्ट पाटी नडराउने जिकिर गरे । विप्लवले ६३-६४ पछि माओवादीले उठाएका विषयहरू निष्कर्षमा पुग्न नसकेका कारण नै माओवादीलाई कमजोर बनाउने कोशिस भइरहेको बताए । त्यस्तै नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाले नेपालको राजनीतिक संकटलाई समाधान गर्नका लागि कम्युनिष्ट क्रान्तिकारीहरू एक हुनुपर्ने बताए । उनले अव माओवादी क्रान्तिकारी शक्तिहरू एकैठाउँ आउनुपर्ने बताए ।

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ७ : ४४ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी