नगरकोटमा सेनाको हाइयर कमाण्ड तालिम सुरु « Khabarhub

नगरकोटमा सेनाको हाइयर कमाण्ड तालिम सुरु


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नगरकोटस्थित नेपाली सैनिक वार कलेज हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ ।

उक्त तालिममा एक महिलासहित ३३ जना महासेनानीको सहभागिता छ । सेनाले सैनिक अधिकृतका लागि सञ्चालन गर्दै आएको यो सबैभन्दा उच्चस्तरको तालिम भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनामा माथिल्लो तहमा बढुवा हुन यस्ता तालिम अनिवार्य मानिन्छ ।

सो अवसरमा बलाधिकृत रथी सरोज प्रताप राणाले यस्ता तालिमले जटिल परिस्थितिमा उचित एवं प्रभावकारी निर्णय लिन सक्ने क्षमताको विकास गर्ने बताए । उनले भने, “रणनीतिक तथा अपरेशनल तहका नेतृत्वकर्ता, योजनाकार, सल्लाहकार र भविष्यमुखी नेतृत्व उत्पादनमा यस तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

विसं २०७१ देखि सञ्चालन हुँदै आएको यो तालिम हालसम्म नौ महिलासहित दुई सय ७२ जना अधिकृतले पूरा गरिसकेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ९ : ३९ बजे

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम