रुसी क्षेप्यास्त्र आक्रमणमा नौ जना युक्रेनीको मृत्यु « Khabarhub

रुसी क्षेप्यास्त्र आक्रमणमा नौ जना युक्रेनीको मृत्यु


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको भने २१ जना घाइते भएका छन् । मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा स्लोभियान्स्कमा आक्रमण गरेको हो ।

डोनेट्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोका अनुसार बाख्मुटको पश्चिममा अवस्थित स्लोभियान्स्कमा रुसले शुक्रबार सात वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । सात जनाको आक्रमणस्थलमा र एक जनाको भग्नावशेषबाट उद्धार गरिएपछि एम्बुलेन्समा मृत्यु भएको हो । आक्रमणमा दुई वर्षको शिशुको पनि ज्यान गएको छ । 

उक्त आक्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि रुसी नागरिक सेनामा भर्ती हुन, बोलाइएको बेला उपस्थित हुन तथा देशबाट बाहिर जान नपाउने कानुनमा हस्ताक्षर गरेपछि भएको अल जजिराले जनाएको छ । उक्त कानुनअनुसार अब कुनै पनि नागरिकले अनुमति बिना विदेश भ्रमण गर्न पाउने छैनन् भने हरेक निकायमा राष्ट्रसेवाका निम्ति उपस्थित हुन बेग्लै पत्राचारको आवश्यकता पर्दैन । उक्त कानुनलाई विद्युतीय आदेशका रूपमा मान्यता दिइएको छ । विद्युतीय माध्यमबाटै कुनै नागरिकलाई सूचीकृत कार्यालयमा सेवाका निम्ति बोलाउन सकिने छ । 

युक्रेन युद्ध प्रारम्भ भएपछि आफ्ना सेनालाई सघाउन नागरिकलाई समेत परिचालन गर्न सकिने घोषणा राष्ट्रपतिले गरेपछि दशौँ हजार रुसीले देश छाडेका थिए । गत वर्षको २४ फेब्रुअरीमा युक्रेनमा रुसी आक्रमण भएपछि एक लाखभन्दा बढी युक्रेनी सैनिक तथा त्यति नै सङ्ख्यामा रुसी सेनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार दुवै पक्षका ४० हजार गैरसैनिक पनि युद्ध मारिएका छन् । 

रुस र युक्रेनले युद्धमा भएको हताहतिबारे आधिकारिक विवरण सार्वजनिक नगरे पनि केही महिनाअघि युक्रेनी सेनाका प्रमुखले स्थानीय सञ्चारमाध्यमलाई नौ हजार युक्रेनी सेनाले वीरगति प्राप्त गरेका बताएका थिए । रुसी अधिकारीहरूले पनि छ हजार सैनिकले ज्यान गुमाएका जानकारी दिएका थिए । 

संयुक्त राष्ट्रसङ्घले रुस र युक्रेनबाट भागेर युरोपेली देशमा शरण खोज्नेको सङ्ख्या ७८ लाख पुगेको जनाएको छ । युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा अ-कल्पनीय प्रभाव परेको छ । धान्नै नसक्ने गरी मुद्रास्फीति बढेको छ भने न्यून आय भएका देशका जनताको जीवन कष्टकर बनेको छ । 

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ५ : ०० बजे

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै