केपिलासगढीले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि  « Khabarhub

केपिलासगढीले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि 


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खोटाङ– तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत खोटाङमा सञ्चालित जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले जितेको छ । 

यही वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा सञ्चालन हुने  प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि आयोजना गरिएको जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा केपिलासगढी गाउँपालिकाले १६ स्वर्ण, ११ कास्य र १२ रजत  पदकसहित प्रथम उपाधि उचालेको हो । 

जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालयमा अध्ययनरत छात्रछात्रा सहभागी उक्त प्रतियोगितामा छ स्वर्ण, दुई रजत र १२ कास्य पदकसहित साकेला गाउँपालिका दोस्रो, चार स्वर्ण, चार रजत र १० कास्य पदकसहित दिप्रुङ चुइचुम्म गाउँपालिका तेस्रो भएका छन् । दुई स्वर्ण, दुई रजत र एक कास्य पदकसहित ऐसेलुखर्क गाउँपालिका चौथो तथा दुई स्वर्ण र दुई रजत पदकसहित हलेसी तुवाचुङ गाउँपालिका पाँचौँ भएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए । 

प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसीसाकेला गाउँपालिकाका खेलाडी सहभागी भएका थिए । गत चैत २८ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराते र तेक्वान्दो विधामा एक सय ३८ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । 

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सञ्चालन भएको सो प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ २६ स्वर्ण, २६ रजत र २६ कास्य, कबड्डीतर्फ दुई स्वर्ण, दुई रजत र दुई कास्य, भलिबलतर्फ दुई स्वर्ण, दुई रजत र दुई कास्य, सितोरियो करातेतर्फ आठ स्वर्ण, आठ रजत र आठ कास्य तथा तेक्वान्दोतर्फ आठ स्वर्ण, आठ रजत, आठ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने स्थानीय तहले क्रमशः १५ हजार, रु १२ हजार र रु नौ हजार पुरस्कार प्राप्त गरेका छन् । 

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाबाट एथलेटिक्समा २२, कबड्डी र भलिबलमा १८-१८ तथा कराते र तेक्वान्दोमा छ-छ छात्रछात्राले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रेनुका राईले जानकारी दिएका छन् । 

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ५ : ०६ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार