२० दिनदेखि बेपत्ता पुरुषको शव फेला | Khabarhub Khabarhub

२० दिनदेखि बेपत्ता पुरुषको शव फेला


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानमा २० दिनदेखि बेपत्ता एक पुरुषको शव फेला परेको छ । शारदा नगरपालिका–७ ओख्रेनीका ३८ वर्षीय भद्रबहादुर बिक हराएको २० दिनपछि शनिबार मृत फेला परेका हुन्।

शारदा नगरपालिका–७ कागेखोलास्थित मसिना सामुदायिक वनको भीरमा सडेगलेको अवस्थामा गाईबाख्रा चराउन जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।

मृतक विकका छोराले कपडाको आधारमा सनाखत गरेको उनको भनाइ छ । बिक गत चैत १२ गते घरबाट निस्किएपछि बेपत्ता भएका थिए ।​

विकको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएको र अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ७ : ०४ बजे

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर– हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको भत्ता घरदैलोमा 

भोजपुर– नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू

के पातलो मान्छे साँच्चै स्वस्थ हुन्छन त ?

काठमाडौं–  प्रायः मानिसहरू सोच्छन् कि यदि कोही पातलो छ भने