सुडानमा अर्धसैनिक बलद्वारा राष्ट्रपति भवन कब्जामा लिएको दाबी « Khabarhub

सुडानमा अर्धसैनिक बलद्वारा राष्ट्रपति भवन कब्जामा लिएको दाबी


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ।

एक विज्ञप्तिमार्फत उसले उत्तरी शहर मेरोवे र पश्चिममा अवस्थित एल-ओबेदका विमानस्थलहरू पनि कब्जामा लिएको बताएको छ।

शनिबार खार्तुमका धेरै भागहरूमा बन्दुक पड्केको आवाज सुनिएको थियो र प्रत्यक्षदर्शीहरूले छेउछाउका शहरहरूमा गोलीबारीको रिपोर्ट गरेका थिए।

रोयटर्सका एक पत्रकारले सडकमा तैनाथ तोप र सशस्त्र गाडीहरू देखे र सेना र आरएसएफ दुवैको मुख्यालय नजिकै भारी हतियारको गोलीको आवाज सुने।

सेनाले आरएसएफले देशका धेरै भागहरूमा भारी गोलीबारी गरेको र आफ्ना अधिकारीहरूलाई धेरै स्थानहरूमा आक्रमणको प्रयास गरेको बताएपछि द्वन्द्वको त्रास फैलिएको थियो।

आरएसएफले भने आफ्ना अधिकारीहरूलाई सेनाले आक्रमण गरेको दाबी गरेको छ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ७ : २६ बजे

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक