अन्नपूर्णमा आरोहण सुरु « Khabarhub

अन्नपूर्णमा आरोहण सुरु


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट टे«कका पासाङ नुर्वु शेर्पाको टोलीले शनिबार दिउँसो ११ः३५ मा अन्नपूर्णको सफल आरोहण गरेको हो ।

सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईले तीन जना नेपाली, एक जना पाकिस्तानी र एक जना अस्टे«लियन अन्नपूर्णको चुचुरोमा पुगेको जानकारी दिए । नुर्वुको टोलीले बनाएको बाटो प्रयोग गरेर अन्य आरोहीहरुको टोली पनि अन्नपूर्णको चुचुरोमा पुग्ने क्रममा छन् ।

यसवर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो । अन्नपूर्ण आरोहणका लागि विभिन्न कम्पनीबाट पुगेका आरोही र पर्यटकको आधार शिविरमा चहलपहल छ ।

इलाइट टे«किङ कम्पनीमार्फत कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि गत फागुन २३ गते म्याग्दीमा आएका थिए। आल्थानीको आरोहण टोलीको नेतृत्व कीर्तिमानी आरोही निर्मल पुर्जाले गरे । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ८ : २८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल