आगामी वर्षदेखि बूढीगण्डकी आयोजनाको निर्माण अघि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

आगामी वर्षदेखि बूढीगण्डकी आयोजनाको निर्माण अघि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी जलाशययुक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने बताए ।

गोरखाको पालुङटार नगरपालिकामा महटार युवा क्लबको आयोजनामा आजदेखि सुरु भएको फुटबल प्रतियोगिताको उद्घाटनमा सम्बोधन गर्नुहुँदै उनले आगामी आर्थिक वर्षदेखि देशको आर्थिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको थालनी गरिने बताएका हुन् ।

“गोरखा जिल्लाका लागि मात्र होइन, राष्ट्रका निम्ति अत्यन्त ठूलो योगदान पु¥याउने बूढीगण्डकी परियोजनालाई अर्को वर्षदेखि निर्माण अघि बढाइएको छ”, उनले भने , “बेनीघाट आरुघाट रुइला भञ्ज्याङ सडक निर्माण गरी चीनसँगको नाका खोल्नका लागि समेत सरकारले प्रस्ताव गरिरहेको छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार जनताले अनुभूति गर्ने गरी विकास निर्माणका कामअघि बढाउन प्रतिबद्ध रहेकोसमेत बताए ।

“अहिले प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउने, यो परिवर्तनलाई माध्यम र साधन बनाएर नेपाललाई विकसित र सम्बृद्ध देश बनाउँदै जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्ने अहिलेको सरकारको अभिभारा हो भन्नेमा सरकार स्पस्ट छ”, उनले भने ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : ५२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको