आगामी वर्षदेखि बूढीगण्डकी आयोजनाको निर्माण अघि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

आगामी वर्षदेखि बूढीगण्डकी आयोजनाको निर्माण अघि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी जलाशययुक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने बताए ।

गोरखाको पालुङटार नगरपालिकामा महटार युवा क्लबको आयोजनामा आजदेखि सुरु भएको फुटबल प्रतियोगिताको उद्घाटनमा सम्बोधन गर्नुहुँदै उनले आगामी आर्थिक वर्षदेखि देशको आर्थिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको थालनी गरिने बताएका हुन् ।

“गोरखा जिल्लाका लागि मात्र होइन, राष्ट्रका निम्ति अत्यन्त ठूलो योगदान पु¥याउने बूढीगण्डकी परियोजनालाई अर्को वर्षदेखि निर्माण अघि बढाइएको छ”, उनले भने , “बेनीघाट आरुघाट रुइला भञ्ज्याङ सडक निर्माण गरी चीनसँगको नाका खोल्नका लागि समेत सरकारले प्रस्ताव गरिरहेको छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार जनताले अनुभूति गर्ने गरी विकास निर्माणका कामअघि बढाउन प्रतिबद्ध रहेकोसमेत बताए ।

“अहिले प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउने, यो परिवर्तनलाई माध्यम र साधन बनाएर नेपाललाई विकसित र सम्बृद्ध देश बनाउँदै जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्ने अहिलेको सरकारको अभिभारा हो भन्नेमा सरकार स्पस्ट छ”, उनले भने ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : ५२ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा