अमेरिकाविरुद्ध जनमोर्चाको मेची महाकाली अभियान आजदेखि « Khabarhub

अमेरिकाविरुद्ध जनमोर्चाको मेची महाकाली अभियान आजदेखि


१ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान’ आज सुरु गर्दैछ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार जेठ १५ गतेसम्म सञ्चालन हुने अभियानको आज दुई स्थानमा उद्घाटन हुँदैछ ।

अभियानको कञ्चनपुरको महेन्द्रनगर र बागलुङमा अलग अलग उद्घाटन गरिने महासचिव महासचिव मनोज भट्टले जानकारी दिए ।

उनका अनुसार महेन्द्रनगरबाट सुरु हुने अभियानको नेतृत्व महासचिव भट्टले र बाग्लुङबाट सुरु हुने अभियानको नेतृत्व उपाध्यक्ष दुर्गा पौडेलले गर्नेछिन् ।

बाग्लुङबाटै अर्को टोलीको नेतृत्व युवा नेता कृष्ण अधिकारीले र बारादेखि सुरु भएको अभियानको नेतृत्व सचिव हिमलाल पुरीले गर्ने उनले बताएका छन् ।

अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि खतरा देखिएको भन्दै जनमोर्चाले जनजागरण अभियान सञ्चालन गर्न लागेको हो।

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायतका परियोजनाबाट अमेरिकाले नेपालमा आन्तरिक हस्तक्षेप बढाएको जनमोर्चाको निष्कर्ष छ ।

सो अभियानका क्रममा देशैभरी सांस्कृतिक कार्यक्रम, कोणसभा, विरोध सभा, पत्रकार सम्मेलन तथा जनभेटघाटसहित सडक अन्तर्क्रिया कार्यक्रम हुनेछन् ।

जेठ १५ गते एकै दिन बुटवल र काठमाडौँमा विशेष कार्यक्रमका साथ अभियान समापन गरिनेछ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ६ : ३० बजे

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश