मलेसियामा ८ नेपालीसहित ९१ अवैधानिक कामदार पक्राउ  « Khabarhub

मलेसियामा ८ नेपालीसहित ९१ अवैधानिक कामदार पक्राउ 



दोहा – मलेसियाको क्वालालम्पुरमा अवस्थित बाङ्सार क्षेत्रमा पर्ने जालान काम्पुङ अब्दुल्ला हुकुममा रहेको एक अपार्टमेन्ट युनिटमा बसेका सयौँ अवैधानिक विदेशी श्रमिकहरूलाई पक्राउ गरिएको छ। मलेसियन अध्यागमन विभागका अधिकारीहरूले छापा मार्दा उनीहरु पक्राउ गरेका हुन्।

क्वालालम्पुर अध्यागमन निर्देशक श्यामसुल बद्रिन मोहसिनले सो अपार्टमन्टमा अत्यधिक धेरै विदेशीहरूको संख्या रहेको र उनीहरूले गर्ने गरेको नराम्रो क्रियाकलापले चिन्तित स्थानीयको गुनासो पछि स्वीप अपरेशन गरिएको बताएका छन्।

मध्यरात सवा १२ बजे सुरु भएको अपरेसनमा अपार्टमेन्टका झण्डै एक सय घरको निरीक्षण गरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। त्यस क्रममा वैध कागजात भिसा नभएकाहरूलाई पक्राउ गरिएको छ। २५४ विदेशीको निरीक्षणका क्रममा २० देखि ५५ वर्ष उमेर समूहका २८ महिलासहित कूल ९१ जना समातिएका छन्। पक्राउ पर्नेहरूमा इन्डोनेसियाली ३३ जना, बंगलादेशी २१, म्यानमारका १७, पाकिस्तानी ९ , नेपाली ८ , भारतीय दुई र एक फिलिपिनो श्रमिक रहेका छन्।

निर्देशक बद्रिनका अनुसार छापा मार्दा कोही लुक्ने प्रयासमा थिए भने कसैले ढोका नखोलेर सहयोग गर्न अस्वीकार गरेका थिए। पक्राउ परेकाहरु बंगसार क्षेत्र वरपरका ठाउँहरूमा सरसफाइ र निर्माण क्षेत्रमा काम गर्ने मजदुर हुन्।

पछिल्लो समय मलेसियाले अवैधानिक रूपमा बसेका विदेशी श्रमिकहरूलाई धडपकड तीव्र पारेसँगै सयौँ नेपाली कामदार पनि जेलमा पुगेका छन्। जेल अवधि सकिएपछि डिपोर्ट गर्ने गरिएको नेपाली दूतावासले जनाएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ७ : ४६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस