मलेसियामा ८ नेपालीसहित ९१ अवैधानिक कामदार पक्राउ  « Khabarhub

मलेसियामा ८ नेपालीसहित ९१ अवैधानिक कामदार पक्राउ 



दोहा – मलेसियाको क्वालालम्पुरमा अवस्थित बाङ्सार क्षेत्रमा पर्ने जालान काम्पुङ अब्दुल्ला हुकुममा रहेको एक अपार्टमेन्ट युनिटमा बसेका सयौँ अवैधानिक विदेशी श्रमिकहरूलाई पक्राउ गरिएको छ। मलेसियन अध्यागमन विभागका अधिकारीहरूले छापा मार्दा उनीहरु पक्राउ गरेका हुन्।

क्वालालम्पुर अध्यागमन निर्देशक श्यामसुल बद्रिन मोहसिनले सो अपार्टमन्टमा अत्यधिक धेरै विदेशीहरूको संख्या रहेको र उनीहरूले गर्ने गरेको नराम्रो क्रियाकलापले चिन्तित स्थानीयको गुनासो पछि स्वीप अपरेशन गरिएको बताएका छन्।

मध्यरात सवा १२ बजे सुरु भएको अपरेसनमा अपार्टमेन्टका झण्डै एक सय घरको निरीक्षण गरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। त्यस क्रममा वैध कागजात भिसा नभएकाहरूलाई पक्राउ गरिएको छ। २५४ विदेशीको निरीक्षणका क्रममा २० देखि ५५ वर्ष उमेर समूहका २८ महिलासहित कूल ९१ जना समातिएका छन्। पक्राउ पर्नेहरूमा इन्डोनेसियाली ३३ जना, बंगलादेशी २१, म्यानमारका १७, पाकिस्तानी ९ , नेपाली ८ , भारतीय दुई र एक फिलिपिनो श्रमिक रहेका छन्।

निर्देशक बद्रिनका अनुसार छापा मार्दा कोही लुक्ने प्रयासमा थिए भने कसैले ढोका नखोलेर सहयोग गर्न अस्वीकार गरेका थिए। पक्राउ परेकाहरु बंगसार क्षेत्र वरपरका ठाउँहरूमा सरसफाइ र निर्माण क्षेत्रमा काम गर्ने मजदुर हुन्।

पछिल्लो समय मलेसियाले अवैधानिक रूपमा बसेका विदेशी श्रमिकहरूलाई धडपकड तीव्र पारेसँगै सयौँ नेपाली कामदार पनि जेलमा पुगेका छन्। जेल अवधि सकिएपछि डिपोर्ट गर्ने गरिएको नेपाली दूतावासले जनाएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ७ : ४६ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही