नेतृत्व भ्रष्ट हुँदा सबै क्षेत्रमा भ्रष्टाचार बढ्यो « Khabarhub

नेतृत्व भ्रष्ट हुँदा सबै क्षेत्रमा भ्रष्टाचार बढ्यो

‘नेपालमा कानुन नै भ्रष्टाचार मैत्री बन्दै गएका छन्’


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय सतहमा आएको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणपछि आम जनता आन्दोलित भएका छन्। मूल त देशमा अन्तर्राष्ट्रिय सन्धि महासन्धिको खिलाफमा गएर पनि भ्रष्टाचार मैत्री कानुन बनाउने परिस्थिति निर्माण हुँदै गएको छ। केही प्रकरण त सतहमा आएका केही सानो अंश मात्र हुन्। गहिरिएर हेर्दा देशमा ठूला भ्रष्टाचारका प्रकरण पहिलादेखि अहिलेसम्म हुँदै आएका छन्। त्यसका निमित्त संसद्ले कानुन नै बनाएर भ्रष्टाचार मैत्री मुलुक बनाउनुपर्छ। यो प्रकरणलाई कानुनी निष्कर्षमा पुर्याउनै पर्दछ। तर यो काण्डलाई पनि हिजो जसरी अरु भ्रष्टाचार सामसुम भए त्यसरी नै बिलाएर जान्छ भन्ने आम मानिसको आशंका भइहेको छ। आखिर यथार्थ के हो ? यसै विषयमा आधारित रहेर ट्रान्परेन्सी इन्टरनेश्लन नेपालका अध्यक्ष पदमिनी प्रधानाङ्गसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

नेपालमा भ्रष्टाचार गर्ने र यसलाई जोगाउने मूल कारक तत्त्व के हो ?
गर्ने र जोगाउने भन्दा पनि हाम्रो नेपालमा यसलाई हेर्ने सूचकाङक छ। त्यसमा ६ वटा डेटा स्रोतहरू छन्। त्यसमा विश्व बैंक, विश्व आर्थिक फोरम, विश्व न्याय परियोजना लगायतका छन्। त्यसमा विश्व न्याय परियोजनाले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिद्वारा निजी स्वार्थको लागि पदको दुरुपयोग गरियो भनेर धेरै नै कुरा भनिरहेको छ। त्यसैले नेपालमा भ्रष्टाचार गर्ने र यसलाई जोगाउने राजनीतिक नेतृत्व नै हो। उहाँहरूले सुधार गर्नुपर्छ।

नेपालमा भ्रष्टाचारको कारक राजनीतिक दल नै हुन् ? कि के लाग्छ ?
राजनीतिक दलका र तिनीहरूमा पनि सरकारमा गएका राजनीतिक दलहरू भ्रष्टाचारमा संलग्न भएको देखिन्छ। राजनीतिक नेतृत्व भ्रष्ट हुँदा सबै क्षेत्रमा भ्रष्टाचार मौलाएको देखिन्छ। सरकारदेखि न्यायालयमै भ्रष्टाचार भएको देखिन्छ। कुनै ठाउँ चोखो देखिँदैन।

भ्रष्टाचारमा सबै नेता मुछिएका छन्। कसले कसलाई पक्राउ गर्ने ?
पहिला भ्रष्टाचारविरुद्ध नारा लाग्छ। पछि नाम मुछिएपछि अथवा आफ्ना मान्छेको नाम आएपछि नेताहरु नै मिलेर वार्ता गरिरहेका छन्। संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको महासन्धिको नेपाल पक्ष राष्ट्र हो। त्यसमा नेपालले हस्ताक्षर गरेको १९ वर्ष भयो। तर बन्नु पर्ने कानुन बनेका छैनन्। नीतिगत रूपमा र कानुनी रूपमा धेरै भ्रष्टाचार भइरहेको छन्। त्यसमा हामीले विरोध गरेका छौँ। तर हामीले दिएको रिपोर्टलाई पनि मान्नु हुन्न उहाँहरू। कानुन नै भ्रष्टाचार मैत्री बनाउँदै गइरहेको छ। अख्तियारमा पठाएका धेरै काण्डको निष्कर्ष आएको छैन। एउटालाई समाधान गरेर अरु पनि समाधान गर्दै जानुपर्छ।
भुटानी शरणार्थी प्रकरणको कारणले अन्तर्राष्ट्रिय स्तरमा हामी नेपालीलाई गन्न र मान्न वा विश्वास गर्न सक्दैनन्। राजनीति गर्नेले देश हेर्ने हो परिवार होइन। परिवारवाद र नातावादमा जाने हो भने उहाँहरूको राजनीतिक अस्तित्व नै रहँदैन। हामीले बोल्दा हामीलाई विरोधी जस्तो मानिन्छ।

नक्कली भुटानी शरणार्थीको प्रकरणले नेपालको छविमा कस्तो असर गर्यो ?
नेताले जनता भनेर टार्ने होइन। देशको अस्मिता र छविलाई जोगाउनुपर्छ। यो सबै भन्दा ठूलो अपराध हो। यसमा निष्पक्ष रूपमा छानबिन गरेर कारबाही गर्न लाग्नुपर्छ। यसमा कडा भन्दा कडा कारबाही गर्नुपर्छ। यसले अन्तर्राष्ट्रिय छविमा नै नकारात्मक असर गरिसकेको छ।

भ्रष्टाचारीलाई ढुङ्गा हानेर सकिन्छ त ?
मन्त्रिपरिषद्बाट भएको निर्णयमाथि अख्तियारलेसमेत हेर्न सक्दैन। जसले गर्दा भ्रष्टाचारको यो अवस्था आएको हो। सबैभन्दा पहिला सम्पत्ति शुद्धिकरण विरुद्धको ऐन नियम बनाएर काम पुरा गर्नुपर्छ। यसअघि थन्क्याएका भ्रष्टाचारका फाइल खोल्नुपर्छ। नयाँ पार्टीले टेबुल ठटाएर मात्र हुँदैन। परिवर्तनको सुरुवात काम गरेर गर्नुपर्छ।

भ्रष्टाचारको विषयलाई कसरी टुंगोमा पुर्याउन सकिन्छ ?
आम रूपमा भ्रष्टाचारलाई निर्मूल पार्न कुनै दबाब बिना यो विषयमाथि छानबिन गर्नुपर्छ। यसमा कारबाही भएन भने हाम्रो नेपालको अस्तित्व रहँदैन। संसारले हामीलाई कालो सूचीमा राख्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ८ : १३ बजे

भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह

बाजुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार भ्रष्टाचार

मेचीनगरका ४६ जना किसानलाई कृषि औजार

मेचीनगर- मेचीनगर नगरपालिकाले ४६ जना किसानलाई रु १४ लाख बराबरका

शीतलहर र हिमपातबाट जोगाउन कसरी हुँदै छ पूर्वतयारी?

काठमाडौं- यसपालि कात्तिक दोस्रो हप्तामा देशका धेरै ठाउँमा वर्षा भयो।

लहानमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्दै

लहान- जिल्लाको लहान नगरपालिका–४ स्थित यज्ञभूमिमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया

मुस्ताङमा २६६ जना मतदाता थपिए

मुस्ताङ- सरकारले घोषणा गरेको आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका