तीन जना ‘बडिबिल्डर’ खेलाडी सम्मानित | Khabarhub Khabarhub

तीन जना ‘बडिबिल्डर’ खेलाडी सम्मानित


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली महिला र पुरुष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय ‘बडिबिल्डर’ तथा तेक्वान्दो खेलाडी निर्मला महर्जन, पहिलो महिला ‘रेस्लर’ भगवती खड्का र बडिबिल्डर तथा सर्वाधिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता उमेश राई रहेका छन् । सोही अवसरमा युवा उद्यमी विकास खड्गी, सङ्गीतकार आनन्द राई र समाजसेवी जेसिका चेम्जोङसहितलाई अभिनन्दन गरिएको छ ।

बागमती प्रदेशसभा सदस्य रमा आलेमगर र चन्द्रागिरि चेम्बर अफ कमर्शका अध्यक्ष रामनारायण घिमिरेले अधिवाह नेपाल नामक सामाजिक संस्थाद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान एवं अभिनन्दन गरेका छन् ।

संस्थाका अध्यक्ष रजनी श्रेष्ठ र सचिव एवं कार्यक्रम संयोजक सुरेन्द्र श्रेष्ठ (रमन)ले देशका प्रतिभालाई सम्मान गर्न पाएकामा गौरवान्वित भएको बताए ।

 

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ९ : ३४ बजे

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्