एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि « Khabarhub

एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भलिबल सङ्घले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । .

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सङ्घले जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।

प्रतियोगितामा नेपाल, बङ्गलादेश, माल्दिभ्स, भारत, श्रीलङ्का, किर्गिस्तान, उज्बेकिस्तान र काजकिस्तानले भाग लिने छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

अध्यक्ष चन्दले प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुनेलाई समेत पुरस्कृत गरिने बताए। उनले सङ्घले यसअघि ठूला–ठूला भलिबल प्रतियोगिताहरू आयोजना गरेको र त्यसको अनुभवका आधारमा अहिलेको प्रतियोगितामा निकै राम्रो व्यवस्थापन गरेको दाबी गरे ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ७१ लाख लाग्ने अनुमान सङ्घले गरेको छ । सरकारले २०७४ जेठ ८ गते नेपालको राष्ट्रिय खेल भलिबललाई घोषणा गरेको दिनको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको सङ्घले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ३ : ४० बजे

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह