एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि « Khabarhub

एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भलिबल सङ्घले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । .

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सङ्घले जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए।

प्रतियोगितामा नेपाल, बङ्गलादेश, माल्दिभ्स, भारत, श्रीलङ्का, किर्गिस्तान, उज्बेकिस्तान र काजकिस्तानले भाग लिने छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

अध्यक्ष चन्दले प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुनेलाई समेत पुरस्कृत गरिने बताए। उनले सङ्घले यसअघि ठूला–ठूला भलिबल प्रतियोगिताहरू आयोजना गरेको र त्यसको अनुभवका आधारमा अहिलेको प्रतियोगितामा निकै राम्रो व्यवस्थापन गरेको दाबी गरे ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ७१ लाख लाग्ने अनुमान सङ्घले गरेको छ । सरकारले २०७४ जेठ ८ गते नेपालको राष्ट्रिय खेल भलिबललाई घोषणा गरेको दिनको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको सङ्घले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ३ : ४० बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले